Shittalpati
 तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु 

पाल्पा, माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । 

कालीमाटी स्थित डुम्रे खोलामा माछा मार्न गएका उनलाई ढुङ्गाले च्यापेको थियो । प्रहरी चौकी प्रभासबाट  खटेको प्रहरीको टोलीले उनलाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास  पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update