
सत्ताको रापमा कुलमान घिसिङलाई फाली हाले ओली कमरेडले । पटक–पटक तड्पाएर अन्ततःविद्युत् प्राधिकरणको प्रमुखबाट घिसिङलाई हटाइएको छ । कुलमानको पदावधि करिब ५ महिना थियो । त्यतिका समयसम्म सरकारले पर्खन सकेनन् । कुलमानले नोक्सानमा गएको विद्युत प्राविधीकरणलाई शुद्ध नाफामा ल्याएका थिए । वर्षौसम्म प्राविधिकालाई धमिराले जस्तै खाएका मिटर रिडरको समेत सात्तो खाने सपुत थिए उनी । उनी पनि विद्युत प्राविधीकरणको कर्मचारी नै थिए । कर्मचारीहरु मध्ये तत्कालिन जनार्दन शर्माले उनलाई त्यहाँ ल्याएका थिए । उनी आउनुभन्दा अगाडि हामी दैनिक १८ घण्टा अध्यारोमा बसेकै हो । उनले एकाएक नियम बनाएर लोडसेड्ङ्गोलाई मुक्त बनाएको माफियाहरुलाई मन परेको थिएन् ।
सरकार काँग्रेस एमालेको छ । पार्टीको नेतृत्वमा रहेका के.पी ओली प्रधानमन्त्री छन् । काँग्रेसको नेतृत्व शेरबहादुर देउवा अबको केही महिनापछि प्रधानमन्त्री बन्ने क्रममा छन् तर दुवै जना माफियाबाट सञ्चालित रहेछन् भन्ने प्रमाणित त यस प्रकरणबाट भएको छ । सर्वसाधारणलाई विद्युत आपुर्तीमा सास्ती दिएर माडवारीद्धारा सञ्चालित उद्योगमा दिएको विद्युतको महसुलको शुक्ल उठाउनेतर्फ ताकेता गर्दा उनी पदच्युत हुनु पर्यो । देउवा ओलीको असली चेहरा यो प्रकरणले उदाङ्गो पार्यो । आमजनतालाई १८ घण्टा अध्यारोबाट मुक्त गरी लोकप्रियता कमाएका कुलमानलाई यस अगाडि ओलीले हटाएर आफ्नै नजिकको नाता पर्ने हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेका थिए । सरकारको नियुक्ती परिवर्तन हुँदा पुनः कुलमानलाई नै पुष्पकमल दाहालको नेतृत्वको सरकारले पुनवहाली गर्यो । विद्युत प्राविधिकरणमा हुने अनियमिता देखि ट्रन्सफर्मर खरिद प्रकरणमा हुने कमिसनको खेल सदाको लागि उनले बन्द गराउँदा तस्कर तथा माफिया समूहलाई ज्वरो नै आएको थियो । आज त्यही तस्करको समूहमा परेका ओलीको पालो आफ्नै नातेदार भयो । यो स्वयात्त संस्था हो । उत्पादन वितरण र प्रसारणको क्षेत्रमा यसको पुर्णरुपमा एकाधिकार हुने भएका कारण यो निकायलाई कमजोर बनाउन ओली समूह सरकारमा आएपछि कुलमानलाई मानसिक यातना दिने क्रियाकलाप नै भयो । तस्करका मुख्य नायक ओली देउवाले उर्जा मन्त्रीलाई राम्रोसँग उपयोग गरे । संस्थागत भन्दा व्यक्तिगत प्रेरित देउवा–ओलीको सरकारमा सहभागी सदस्य मध्य कुलमानलाई हटाउने प्रस्ताव माथि प्रस्ताव त उर्जा मन्त्रीसँग देउवा पत्नीले मात्र हो । ओली त्यस प्रकरणमा खुसी नै थिए । ओली निकट ठानिने अर्थ मन्त्री, देउवा निकट ठानिने गृहमन्त्रीले आलोचना मात्र गरेनन् प्रतिवाद समेत गरे तर उनीहरुको केही चलेन । यस प्रकरणले घामको राप र तापसँग डढेलो लागेर आफैलाई खरानी गराउला भन्ने हेक्का सम्म राखेनन् । अब दुवै जनालाई खरानी नै बनाउने भयो । सरकारको असफलतासँग व्यवस्था र साशन प्रणाली माथि प्रश्न चिन्ह उठेको छ । हुन त वर्तमान साशन प्रणाली अनुरुप ओली नै गणतन्त्रको अन्तिम प्रधानमन्त्री पनि हुन सक्छन् । जब कुलमानको ठाउँमा हितेन्द्र भन्ने क्याविनेटबाट निर्णय भयो । सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आउन लागे । कुलमान त जन जनको मनमा बस्न सफल भएका व्यक्ति थिए । ओलीका हली बाहेक सबैले यो निणर्यप्रति खेद गरेका छन् । यो प्रकरणले सरकारले जनमतको अपमान गरेको काँग्रेस एमालेका कार्यकर्तादेखि नेतासम्मका व्यक्तिले दिएको प्रतिक्रिया हो । नयाँ–नयाँ विद्युत परियोजनामा अरबौंको कमिसनको खेल हुने भएकाले यो कदम चालेका हुन् । ठेक्का प्रक्रियाका सवालमा वर्तमान उर्जामन्त्री फसी सकेका छन् । उनी एक दिन आशा गर्यौ कानुनी कठघरामा उभिने छन् । दुई ठूला विद्युत आयोजना निर्माणमा पार्टी नेतृत्व र सरकार नेतृत्वको परामर्शमा बिना प्रतिस्पर्धा बिना २ वटा निर्माण कम्पनीलाई ठेक्का दिएको प्रकरण बाहिरीएको छ । वर्तमान उर्जा मन्त्री उर्जासँग सम्वन्धित ठेकेदार नै हुन त्यसले गर्दा उनले कमिसनको प्रलोभनमा यस्ता क्रियाकलाप अगाडि बढाएका पनि हुन् । यस्ता क्रियाकलापका कारण दलका नेता भ्रष्ट तस्कर भए । भ्रष्ट तस्करमा आवद्ध भएका व्यक्ति जेल जानुको सट्टामा प्रधानमन्त्री मन्त्री बन्ने खेल भएका कारण आम जनताले राजनीतिमा नयाँनयाँ पार्टीका अनुहार हेर्दै अब पुनः राज संस्था नै बोलाउन पनि सक्दछन् । पुराना दलमा राम्रा र इमान्दार नेता पनि नभएको होइन तर इमान्दारले अब नेपालमा अवसर पाउनै छाडे । अब मुलुकलाई भ्रष्टहरुको पनि अति भ्रष्टले सञ्चालन गर्नेछ । सोमबार क्याविनेटबाट निर्णय भयो मंगलबारबाट सत्तामा सामेल काँग्रेसको भातृ संगठन सरकारको यो निर्णय विरुद्ध सडकमा आउन थाले ।
पाकीस्थानमा भुट्टटोलाई फासी दिएको विरुद्धमा पाकिस्थानी राजदुतावासमा ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी माथि प्रहरीले दमन गर्दा सल्किएको आगो निभाउन राजा विरेन्द्रले जनमत संग्रहको घोषणा गर्नु परेको थियो । कतै कुलमान र हितेन्द्र प्रकरणले २०३६ सालको प्रकरण भयो भने ओलीसँंगै देउवा पनि राजनैतिक जीवनबाट अस्ताउने बाटोमा नपुग्लान भनेर भन्न सकिदैन । १५ गते सडकमा प्रर्दशनको कार्यक्रममा कुलमान विषयले प्रवेश पाउने छ । कुलमानको समर्थनमा जनलहर अत्यन्तै बलियो देखियो । त्यसले गर्दा सरकारको विरुद्धमा हुने प्रर्दशन, आन्दोलनमा जनजनको साथ सहयोग गर्दा भोलिका दिनमा आन्दोलनको स्वरुप परिवर्तन नहोला भनेर भन्न सकिदैन । आन्दोलनको नेतृत्व एउटा बाटोबाट दुर्गा पसाईले गरेका छन् भने अर्कोतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले गरी रहँदा केही स्वतन्त्र तथा नागरिक समाजका अगुवा, सहितको एउटा जमातले वर्तमान साशन प्रणालीका विरुद्धमा गतिलोसँग मल जल राखी आन्दोलनलाई थपउचाइमा पुर्याउन खोजेको समयमा सरकारले यस्तो निर्णय गरेको कारण आगोमा घिउ राख्ने काम हुनेछ । अब ओली र देउवाको कारण हजारौ जनताको बलीदानबाट युगौको प्रयासबाट प्राप्त उपलब्धी फेरी गुम्नेछ । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)