
पाल्पा, आज विश्व र·मञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विस·तिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमचमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमचञ्च दिवस मनाउन थालिएको पाइन्छ । सन् १९६२ मा पहिलो विश्व र·मञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । केही वर्षयता नेपालमा र·मञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ । रंगकर्मीका रूपमा उदाएका कलाकार अहिले फिल्ममा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमचमञ्च भने अहिले पनि अभिनय सिक्ने मन्च रूपमा मात्र चिनिन्छ । फिल्ममा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ कला जीवनको महत्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।