Shittalpati
माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’

पाल्पा, माछापुच्छ्रे बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाएको छ । बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा यो कार्यक्रम मनाउने गर्दछ । यस वर्ष ४ चैतदेखि १० चैतसम्म परेको ग्लोबल मनि विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्याक्रम गरी मनाएको हो ।

 बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तक्रिया कार्यक्रमको आयोजना गरी ग्लोबल मनि विक मनाएको जनाएको छ । बैंकले आम ग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको थियो । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिड्ढ सेवा पुर्‍याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिड्ढ सेवा र ११ वटा एक्सटेन्स काउण्टर गरी २ सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २ सय ४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिड्ढ सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update