
पाल्पा, लुम्बिनी प्रदेश सरकारले बढ्दो मातृ तथा शिशु मृत्युदर घटाउन विशेष अभियान सञ्चालन गरेको छ । प्रदेशमा सबै भन्दा बढी मातृशिशु मृत्युदर रहेकाले त्यसलाई कम गर्न प्रदेश सरकारले पाल्पाबाट अभियानको सुरुवात गरेको हो ।
मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अड्ढ हुँदै एकल अड्ढमा झार्ने गरी प्रदेश स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ । जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याड्ढ डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ । समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाइल स्वास्थ्य सम्बन्धी सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम गरि अभियानको सुरुवात गरिएको छ । अभियानको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट शुभारम्भ गरेका छन् । मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था, दुई वर्ष मुनिका बालबालिकाहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए । उनले भने ‘तीन जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागेका हौं, यहाँ २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नेको संख्या समेत उच्च रहेकाले किशोरकिशोरीलाई समेत यो अभियानमा संलग्न गर्ने छौं ।’ मन्त्री सारुले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले भने ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नव शिशु मृत्यु दरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने बताए । मन्त्री सारुले लुम्बिनी प्रदेशमा मातृ तथा नव शिशु मृत्युदर घटाउने तरिकाले कार्यक्रम बजेट बनाएको र कार्यान्वयन पछि घट्दै जाने विश्वास व्यक्त गरे । शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले अन्य प्रदेशको तुलनामा लुम्बिनीमा मातृशिशु मृत्युदर धेरै भएकाले त्यसलाई कम गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदी लगायतले अभियानलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । अभियानमा पारिवारिक विवरण संकलन गर्न पाल्पामा ६५ हजार घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने छन् । नियमित रुपमा सेवाको उपभोगको लागि सेवाग्राही र सेवा प्रदायकको मोवाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृिद्ध गरिने छ ।
अभियानका लागि पाल्पामा ३९ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न पाल्पासहित बाँके र अर्घाखाँचीमा पनि यो अभियान सञ्चालन गर्दै छ । जसका लागि अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने छन् । महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ । कमजोर स्वास्थ्य सुचकाड्ढ भएको बाँके, अर्घाखाँची र पाल्पाका गर्भवती महिलादेखि बच्चा जन्मेको २ वर्षसम्म नियमित निगरानीमार्फत् जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट बञ्चित बालबालिका र पोषण बृद्धि अवस्थाको अनुगमन गरि नियमित सेवामा ल्याउनका लागि हरेक परिवार घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । राष्ट्रिय जनगणना २०७८ को तथ्याड्ढ अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको छ । जुन नेपालको तथ्यांक हो । नेपालमा सबै भन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ । स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १ लाख जिवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेको छ । जुन सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको ज्यान जाने अवस्था रहेको छ ।