Shittalpati
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ७६ हजार पुग्यो

पाल्पा, सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० बढेर दुई हजार ४० कायम भएको छ ।

सुनको भाउले अझै बढ्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update