राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु

काठमाडौ, राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । ’प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,’ उनले भने ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्