
पाल्पा, विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वल्र्ड नेवाः अर्गनाइजेशनको आÞवानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदैछन् ।
नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने वल्र्ड नेवा अर्गनाइजेशनले जनाएको छ । काठमाण्डौ उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै छन् । पछिल्लो समय नेवारहरू काठमाडौँमा मात्रै सीमित छैनन्, विश्वभरि छरिएर रहेका छन्, विश्वमा उनीहरूका विभिन्न सङ्घ–संस्था पनि छन्, यही अवस्थालाई मध्यनजर गर्दै र सबै नेवा सङ्घ–संस्थालाई समेट्न विश्व नेवा स·ठन जन्मेको थियो । सबै नेवारहरू एकत्रित भएर आफ्नो संस्कृतिको स्मरण गरून् भन्ने उद्देश्यले नै हरेक वर्ष दिवस मनाउन थालिएको हो । नेपालमा जातीय, भाषिक र सांस्कृतिक विभेद विद्यमान छ । राज्यले पनि सोही आधारमा विभेद व्यवहार गरिरहेको नेवार समुुदायको आरोप छ । सबै जाति तथा समुदायका भाषा, कला र संस्कृतिलाई राज्यले समान दृष्टिले हेर्नैपर्छ भन्ने माग नेवार समुदायले राख्दै आएको छ ।
विश्वभरि छरिएर रहेका नेवार समुदायबिच आफ्नो भाषा–संस्कृतिको जर्गेना तथा प्रवद्र्धनका लागि सचेतना जागरण गर्न र नेपालमा राज्यबाट भइरहेको विभेदको अन्त्यको आवाज बुलन्द पार्नका लागि पनि विश्व नेवा स·ठनको स्थापना भएको हो । नेवार समुदायले कुनै न कुनै रूपमा आफ्नो पहिचानको गौरव महसुस गर्ने दिनका रूपमा विश्व नेवा दिवस मनाउन आÞवान गरिएको हो ।