
पाल्पा, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रभावशाली नेता वीरबहादुर रानाले आम नागरिकको अवस्था सुधार गर्ने दिशामा राजनीतिक दलहरु लाग्न जरुरी रहेको बताएका छन् । शनिबार नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई झडेवामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता रानाले मुलुकमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा सुधार हुन नसकेकाले दलहरुप्रति वितृष्ण पैदा भएको भन्दै अब नागरिकको अवस्था सुुधार गर्नेतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गरे । उनले भने ‘जसरी हिजो व्यवस्था परिवर्तन गर्न लड्यौं त्यसरी आज जनताको अवस्था परिवर्तन गर्न हामी लाग्नुपर्ने बेला आएको छ । त्यसका लागि काँग्रेसलाई बलियो बनाउन जरुरी छ ।’ नेता रानाले सम्मेलबाट नयाँ उत्साह बोकेर जान समेत नेता कार्यकर्ताहरुलाई आग्रह गरे । लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री समेत रहेका रानाले आर्थिक संमृद्धि अहिलेको आवश्यकता रहेकाले त्यसतर्फ प्रदेश सरकारले काम गरेको समेत बताए । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्यहरु सन्दीप राना, कृष्ण अधिकारी, काँग्रेस जिल्ला उपसभापतिहरु झपेन्द्र गहिरे, ज्ञानबहादुर गाहा, सचिव सन्तोष कुमार थापा मगर, काँग्रेस पाल्पाका सल्लाहकार केशव चालिसे, काँग्रेस पाल्पा क्षेत्र नं. १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, क्षेत्रिय सचिव मधु पराजुली, काँग्रेस जिल्ला सदस्यहरु तारा रसाईली, बालकृष्ण जिसी, माथागढी –७ का वडा सभापति शिव घिमिरे, पूर्व जिल्ला सदस्य रनबहादुर खाम्चा, नेपाल तरुण दल माथागढीका सभापति राजन बलाल, वडा अध्यक्ष डिल बहादुर ढेंगा लगायतले नेपाली काँग्रेसलाई बलियो बनाएर लैजान वडातहबाटै सबै लाग्न जरुरी रहेको बताए । उनीहरुले जनताको जीवनस्तर उकास्ने काम काँग्रेसबाट मात्रै सम्भव रहेको उल्लेख गरे । कार्यक्रममा पालिका जिल्ला सचिव सावित्री पन्थीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् काँग्रेस पालिका अध्यक्ष दीपक थापाको अध्यक्षता, जिल्ला सदस्य झपेन्द्र जिसीको स्वागत, सचिव सुरेन्द्र ढेंगाको सञ्चालनमा कार्यक्रम भएको थियो ।