Shittalpati
आदिवासी जनजाति पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा राना

पाल्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पा शाखाको अध्यक्षमा जिल्लाका क्रियाशिल पत्रकार इमान सिं राना सर्वसम्मत चयन भएका छन् । शाखाको तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले रानालाई अध्यक्षमा चयन गरेको हो ।

जिल्लाको निस्दी गाउँपालिकाका राना विगत एक दशकदेखि रामपुरमा रहेर पत्रकारिता गर्दै आएका छन् । स्थानीयदेखि राष्ट्रियस्तरका मिडियाहरुमा कार्यरत उनी नेपाल प्रेस युनियन पाल्पाका सह–सचिव समेत हुन् । अध्यक्ष चयनभएसँगै रानाले आदिवासी जनजातिका मुद्दासँगै समग्र नेपाली पत्रकारिताको हितमा काम गर्ने बताएका छन् ।

अधिवेशनले शाखाको उपाध्यक्षमा एवतकुमार सारु, सचिवमा धनबहादुर ठाडा, सह–सचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगललाई चयन गरेको छ । यस्तै, सदस्यहरूमा होम राईमगर, पुनाराम सुनारी, विमल कुमाल, रुपा थापा र प्रेमकान्छा राईलाई रहेका छन् ।

अधिवेशनले केन्दीय प्रतिनिधिमा देवबहादुर पचभैया, निवर्तमान अध्यक्ष रनबहादुर कुमाल, राजेन्द्र लिगल, मिना कुमारी कुमाल र रुपा थापालाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा दानबहादुर हिस्की, दिलबहादुर गाहा, यमबहादुर थापा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update