Shittalpati
आज विश्व स्वास्थ्य दिवस मनाइँदै

पाल्पा, विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । मानव शरीर स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । पछिल्लो समय अधिकांस मानिसहरु डिप्रेसनको शिकार हुने गरेका छन् । डिप्रेसनको रोगीको संख्या घटाउन नेपालमा गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले सन् १९४८ मा दिएको स्वास्थ्यको परिभाषामा कुनै पनि व्यक्ति स्वस्थ हुनका लागि शारीरिक, मानसिक र सामाजिक रूपले पूर्ण रूपमा तन्दुरुस्त हुनु हो भनेको छ । यो परिभाषा अहिलेको अत्याधुनिक समयसम्म आधिकारिक परिभाषाको रूपमा स्थापित भएको छ । यस परिभाषामा निकै कमी–कमजोरी रहेको कुरा त्यतिबेलै रेनि डुबोस भन्ने विद्वान्ले व्यक्त गरेका थिए र तत्पश्चात् पनि धेरै अत्याधुनिक र सर्वमान्य परिभाषा आएका छन् तैपनि विश्व स्वास्थ्य संगठनले हालसम्म पनि यो परम्परागत परिभाषालाई परिमार्जन गरेको छैन । विश्व स्वास्थ्य संगठन विश्वभर स्वास्थ्य सम्बन्धी नीति–निर्माता र अनुगमन गर्ने प्रमुख संस्था हो तापनि यसले आफ्नो संकुचित स्वास्थ्यको अवधारणालाई सच्याउन तयार नहुनु कुनै रहस्यमय विषय हुनसक्छ नत्र किन आजसम्म पनि यो परिभाषामा परिमार्जन गरिएको छैन ?

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update