Shittalpati
रवि लामिछाने कारागार चलान

रुपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार पठाइएको छ ।  लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार लगेको हो ।

जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ परीक्षण गरिँदै छ । स्वास्थ परीक्षण सकिएपछि उनलाई कारगार भित्र राखिने  छ । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेपछि उनलाई पक्राउ गरेर पूर्पक्षका लागि थुनामा पठाइएको हो ।

जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा उपस्थित गराइएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update