Shittalpati
बगनासकालीमा खागमौरीले टोकेर एक जनाको मृत्यु

पाल्पा, जिल्लाको बगनासकाली –२ मा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो बगनासकाली–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको खागमौरीले टोकेर मृत्यु भएको हो ।

विश्वकर्माले आर्यभञ्ज्या·मा आरन व्यवसायी गर्दै आएका थिए । उनी खाना खान घर जाने क्रममा बाटोमा झुप्पासहितको खागमौरीले टोकेको वडा अध्यक्ष तिर्थप्रसाद भट्टराईले बताए । उनका अनुसार बाटो भन्दा तल खागको गोला रहेको र अकस्मात उडेर आएका खागमौरीको झुप्पाले टोक्न पुगेको थियो । बाटोमा हिडिरहेको अवस्थामा उनलाई खान्दुला नजिकै खागले टोकेको कार्यपालिका सदस्य गीता रेग्मीले बताइन् । 

उनका अनुसार एक्कासी झुप्पासहितको खागमौरी आएर विश्वकर्मालाई टोकेका थिए । खागले टोकेर उनी चिच्याएपछि स्थानीय आएर उद्धार गरेका थिए । उद्धारमा गएकाहरुलाई पनि खागले आक्रमण गर्न थालेपछि उनीहरु केही समय नजिकैको घरमा ढोका थुनेर बसेको र हार गुहारपछि विश्वकर्मालाई खागबाट छुट्याएर घर लगिएको स्थानीयले बताए । घरमा लगेर राखेको केही समयपछि विश्वकर्मा बेहोस भएका थिए । उनी बेहोस भएको खबर प्राप्त हुन साथ कार्यपालिकाको बैंठक छाडेर आफु पालिकाको गाडी लिएर उनलाई अस्पताल पु¥याएको सदस्य रेग्मीले बताइन् ।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खागले विश्वकर्माको शरीरभरी टोकेका छन् । खागमौरी अरिङ्गल जत्रो एक प्रकारको ठूलो मौरी हो । घटनाको विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update