Shittalpati
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी 

गुल्मी, नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ठकुरी लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । पार्टी विभाजनपछि उनले समाजवादीमा रहेर जिल्लाको पार्टी निर्माणमा  महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पाइन्छ । यस अघि उनी राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष समेत थिए । विभिन्न सामाजिक संघ संस्थामा समेत ठकुरी सक्रिय रहँदै आएका छन् । अध्यक्षको जिम्मेवारी पाएसँगै उनले पार्टी संगठनलाई थप बलियो र  मजबूद बनाएर लैजाने बताएका छन् ।  

अधिवेशनले कमिटीको उपाध्यक्षमा कमला बराल, रामजी ज्ञवालीलाई चयन गरेको छ । यस्तै सचिवमा बसन्त अधिकारी, उपसचिवमा सावित्रा भण्डारी, पिताम्बर पौडेल र सनबहादुर बुचा चयन भएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update