Shittalpati
शोध खोज सोंच र ओजपूर्ण कृति : आत्मबोध

पाल्पा राज्यको जग रिब्दीकोट रियासतबाट शुरू भई पुरानाकोट हुँदै पाल्पा भएको हो । यही पाल्पा अहिले नेपालको लुम्बिनी प्रदेशको एक पहाडी जिल्लाकरुो रूपमा अवस्थित छ । पाल्पालाई दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा विभक्त गरिएको छ । जसमध्ये एउटा रिब्दिकोट गाउँपालिका पनि हो ।

माता शोभाकान्ता र पिता अम्बिका प्रसाद खनालका सुपुत्र भागवत खनालको जन्म पाल्पा रिब्दीकोट खस्यौलीमा भएको हरुो । भवानी माध्यमिक विद्यालय कुसुमखोलाबाट विद्यालय शिक्षा उतीर्ण गरी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट वी.ए., त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानून स्नातक (एल एल बी) गरी प्रारम्भमा शिक्षण कार्य शुरूवात गरी माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत भइ सरकारी सेवामा प्रवेश गरी ३६ वर्षसम्म राष्ट्रसेवक कर्मचारी रही हाल सेवा निवृत जीवन यापन गरिरहेका छन् । निवृत्त जीवनसँगै उनी नेपाली साहित्यमा सिद्धहस्त सशक्त लेखक साहित्यकारको रूपमा उदाएका छन् । विद्यार्थी जीवनदेखि नै लेखनारम्भ गरेका भागवतको कतिपय लेख रचनाका पाण्डुलिपिहरू हराईसकेका छन् । पहिला रचना २०४० सालमा गोरखापत्रमा प्रकाशित भएसँगै मधुपर्क, युवामञ्च, अन्नपूर्ण पोष्ट, राजधानी ,नेपाल समाचार पत्र, सेतोपाटी, बाह्रखरी, साहित्यपोष्ट, प्रशासन लगायतका पत्रपत्रिकाहरूका साथै अनलाइन पत्रिकामा प्रशस्तै लेख, रचना, निबन्ध, कथा, समीक्षाहरू प्रकाशित हुँदै आएका छन् । गत वर्ष सशक्त कथा संग्रह ‘बाबा मेरो पि आर आयो’ प्रकाशित गर्नु भएका साहित्यकार भागवत खनालको दोस्रो कृतिको रूपमा निबन्ध संग्रह आत्मबोध ( २०८१) सार्वजनिकरण भएको छ ।

प्रिय दाजु दुर्गाप्रसाद खनालद्वारा प्रकाशित, प्रिय पाठहरूमा समर्पित, भागवत खनालद्वारा लिखित, साहित्यपोष्टद्वारा वितरित ‘आत्मबोध’को आवरण राजीव घिमिरेको रहेको छ । राजीव घिमिरे राष्ट्रकवि माधव घिमिरेमा सुपुत्र हुन । चित्र आफै बोल्छ भनेझैं घिमिरेले आवरणमा एक व्यक्ति स्वयंले स्वयंलाई अंगालो हाली अंकमाल गर्दै आत्मबोधलाई आत्मखोज, आत्मप्रेम, आत्मस्वीकृति र आत्मयात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् । निबन्ध संग्रह ‘आत्मबोध’ भित्र वैयक्तिक, भावात्मक र विचारात्मक गरि तीन प्रकारका ३० वटा आत्मपरक निबन्धहरू संगृहित रहेका छन् । जसको सारलाई आंशिक रूपमै भए पनि मैले बुझेको आत्मबोधको रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
१. मेरो प्यारो म : आमा भन्नुहुन्छ, “आफूभित्रको हरि नबिर्सनू”, बाबाले भन्नुहुन्छ ,“कालभैरवको दर्शन गरेर जा “प्रश्न सोधिन्छ,” तिम्रो सबैभन्दा प्यारो साथी को हो ?” उत्तर खोज्न लेखक भौतारिदै अनेक उदाहरण सोच्छन्, खोज्छन्, भेटछन् ,“म नै भूत वर्तमान र भविष्य हुँ, यसैले मेरो प्यारो म हुँ “भन्ने निष्कर्ष निस्कन्छ । मेरो प्यारो म भनेको म भित्रको हरि हो, हरि भन्नुनै श्रीकृष्ण हो ।
२. जीउन बहुत कठिन छ वत्स : जीउनलाई अनेक कारण चाहिन्छ , मर्नलाई मात्र एक बहाना चाहिन्छ भन्ने निष्कर्ष रहेको छ । भिष्मले गान्धारीलाई आशिर्वाद दिदाँ सतः पुत्रवती भवः भन्न खोज्दा जिव्रो चिप्लिएर शतः पुत्रवती भवः भनिदिए , जस्ले गर्दा सय पुत्र जन्मिए ।
३. मित्रताको मन्थन: हरेक सात सात वर्षमा एउटा घनिष्ट साथी फेरिन्छ र अर्को घनिष्ट साथीले हाम्रो जीवनमा स्थान लिन्छ ।
४.किन लेख्नु हुन्छ: लक्ष्य अरूलाई खुशी पार्नु होइन कि स्वनामधन्य स्वान्त सुखायको लागि हो ।
५. हरेक उचाइको तल एउटा खाडल हुन्छ: जीवनमा एउटाले नहारी अर्कोले जित्दैन । एउटाले नछाडी अर्कोले पाउँदैन । देवत्वकरण गरिएका व्यक्ति पनि एक दिन तल अवश्य झर्ने छन्, झरेकै छन् ।
६.बाको घर: आमालाई चिन्न सजिलो छ । बालाई चिन्न कठिन छ । आमा व्यक्त हुन्छिन् । बा अव्यक्त हुन्छन् । आमाको रूने ठाउँ हुन्छ , बाको रूने ठाउँ हुँदैन । जसले जे भनेनि बाबा घरका बृहस्पति हुन् । जसलाई जीवनभर अस्ताउने फूर्सद हुँदैन । लेखकले एक ठाउँमा आफ्नो बाबालाई बुद्ध बनाएका छन् ।
७. अनेकौं दुःशासन: दुर्योधन, दुःशासन,कर्ण र शकुनी हाम्रै समाजमा छन् तर विडम्बना हस्तिनापुरको दुर्योधन र दुःशासनलाई भीमले ठेगान लाईदिए । यहाँ विशेषतः कान्तिपुरका दुर्योधन, दुशासन र शकुनीलाई कस्ले ठेगान लाउने ? उल्टै उनीहरूको झनै प्रगति भइरहेको छ । कृष्ण, अर्जुन, विदुर, व्यासहरू अपहेलित भएका छन् ।
८. तानसेन तडप: तड्पी तड्पी अन्ततः मीठोसंग डा. रामप्रसाद ज्ञवाली, डा.टीकाराम पन्थी, डा. महेन्द्र प्रसाद प्रधान, गोविन्द बैध, ब्रÞमशेषर बज्राचार्य, कुलचन्द्र खनाल,दशरथमुनि शाक्य , कविराज दशरथमान सिंह, धिरेन्द्र प्रसाद श्रेष्ठ, सुरेश लिगल, सन्तोषलाल श्रेष्ठ, थोर्गेली होटल, इलाम होटल आदिलाई सम्झिएका छन् । तानसेनका राजेन्द्र गोपाल सिंह र पुष्कर रेग्मीलाई पनि सम्झदै गजवसँग लैला मजनूको किस्सा समेत जोडेका छन् ।
९. दरबार मार्गमा अढाई घण्टा: मनको बाध फिलिमको हिरो (सल्यान के.सी.) जस्तो हुन पाए त ? डा. चन्द्रमोहनजस्तो गुरु हुन पाए त ? डा. रामप्रसाद ज्ञवाली जस्तो प्रभावशाली वक्ता हुन पाए त ? संसारको सबैभन्दा तगडा मोटिभेसनल स्पिकर वासुदेव कृष्ण हुन पाए त ? राजेन्द्र गोपाल सिंहजस्तो उदार हुन पाए त ? पुष्कर अथक रेग्मीजस्तो शालीन हुन पाए त ? यस्तै अजवका प्रश्नोत्तरमा लेखक घोत्लिएका छन् ।
१०.साधारण – असाधारण: डाक्टर भन्दा कम्पाउण्डर, इन्जिनियर भन्दा ओभरसियर, पढेका भन्दा नपढेका ठेकेदार, हाइस्कूलको शिक्षक भन्दा प्रा.वि.शिक्षकमा ढुक्क (कन्फिडेन्स) हुन्छ । विश्वविद्यालयका प्ररुोफेसर झनरुै भ्रमित र दोधारे चरित्रका हुन्छन् । धेरै पढेका मानिस दोधारे हुन्छन् । पौराणिक साहित्यहरू हाम्रा पूर्वजका नासो हुन् । केलाई साधारण असाधारण मान्ने ?
११. सराबी साँझमा सदाचार सम्वाद: वेवकूफहरूको जमघट भइनै रहन्छ । म, तँ, तिमी, तपाईं , हजुर लगायतका पात्रहरू नै वेवकूफ हुन् । सदाचार र शिष्टाचार ढोंगी भएको छ ।
१२. म पनि कालीगण्डकीको सन्तान हुँः कालीगण्डकी र आमाको महिमा स्तुत्य रहेको छ । रोचक प्रसंग यो छ कि, एउटा मान्छे निर्दोष थियो तर उसको कुरा सुन्न मान्न कोही तयार भएनन् । अन्तमा उसले रूदै कसम खायो, “ठिकै छ मेरो कुरामा विश्वास गरेनौ । परन्तु सावधान म पनि कालीगण्डकीको सन्तान हुँ” यस्तो कसम सुनेपछि अन्ततः उसलाई सबैले साथ दिए ।
१३. सबैको आफ्नै निजस्व हुन्छ: हरेक व्यक्तिको अन्तर हृदयमा एउटा ‘देव’ हुन्छ । त्यही देवनै निजत्व हो । रूसोको महनीय उदगारले एउटै कुरा भनेको छ ,“प्रकृतिले मलाई खुशी हुनका लागि जन्माएको हो । यदि म खुशी छैन भने त्यो समाजको गल्ती हो ।”
१४. चिउरेनी ढिक एक अभिज्ञान: कडा र सिधा स्वभावका कुरा,मर्द र नामर्दका कुरा,आशा र निराशाका कुरा , विरह र उच्छृङ्खलताका कुरा हुने ठाउँ हो चिउरेनी ढिक । चिउरेनी ढिकका पनि आफ्नै नियम छन् । के के छन् त नियम कृपया निबन्ध पढनुहोस् ।
१५. किन बूढो भाको त: यो ट्याक्सीवालाको प्रश्न हो । विकसित देशमा बुढेसकालको सुरक्षा राज्यले गर्छ । हाम्रो जस्तो देशमा ज्येष्ठ जीवन यापन गर्न सजिलो छैन । हिड्ने बाटो र सग्लो फुटपाथ पनि छैन् । शान्ति र सुरक्षा त परै जावोस भन्ने मार्मिक कथनहरू छन् ।
१६. जीवनको मूल्य: जीवन के हो ? मूल्य के हो ? सुख के हो ? दुख के हो ? अभिमान के हो ? अल्पायु के हो ? बाँच्नु किन ? सच्चा सन्देश के हो ? जस्ता प्रश्नको उत्तर खोजी गरिएको छ । यक्षले युधिष्ठिरलाई सोधेको भन्दा पनि फरक प्रश्न लेखकले आफैंलाई सोधी आफैले जवाफ दिइएको छ ।
१७. विकीर्ण चिन्तन: सिद्ध मानिस प्रसिद्ध हुँदैन । प्रसिद्ध मानिस सिद्ध हुँदैन । पाठकको दिमाग चाटन सक्नु नै लेखकीय सफलता हो । दिमाग चाटने कसको र कसरी ? निबन्ध पढनुस् ।
१८. नग्नतादेखि नग्नतासम्म: न्युयोर्क शहरमा सर्वाङग् निवारण (ना·ो) सहितको सुन्दरी छन् भने त्यहीँ बुर्का भित्रकि सर्वा· आवरण सुन्दरी पनि छिन् । मनुष्यको सहज प्रवृत्ति नग्नता हो । हामीहरू सबै नग्नताकै प्रतिफल हौं । खेलाडीले खुशीले कपडा फाल्छ, कलाकारले नाच्दा नाटक देखाउदा कपडा उतार्छ । यसलाई नग्नता मान्ने कि नमान्ने ? यस्ता कपडा उतार्ने खेलाडी र कलाकार भन्दा कपडा लगाउने बुज्रुकहरूनै बढी नग्न छन् । अतः सत्य निवस्त्र छ र झूठले वस्त्र लगाएको छ ।
१९.सीमान्त चेतना: हाम्रो शिक्षाले इन्जिनियरलाई अछूत बनायो । प्राविधिक सीप भएका दक्ष नागरिकलाई दलित बनायो । किन यस्तो भयो ? कारण पत्ता लगाउन निबन्ध पढी समाजभित्र छिर्नुस ।
२०. हरपल कर्म पलपल जीवन: हामी जन्मेकै काम गर्नको लागि हो । हामीले जे गरेका छौं त्यहीनै कर्म हो । कसैले कसैको खुशी सजिलै सहन गर्न सक्छ भने त्यही नै सच्चा मित्र हो ।
२१. उधानमा बस गई: नब्बे वर्षको हजुरआमा र एक वर्षको भाइको दैनन्दिनीलाई तुलना गरिएको छ । गाइ चराउने गाउँकि एउटी भुल्लीलाई वृन्दावनको कान्हाको राधिका मानिएको छ । हाम्रा गाउँले जीवनसंग, वालापनसंग मिल्दोजुल्दो कथा, उपकथा,पटकथा र सम्वादहरू रहेका छन् ।
२२. त्यो मानव यो मानव: त्यो मानव बिना गुरु, बिना शिक्षा, बिना पाठशाला उत्कृष्ट थियोे । यो मानव निकृष्ट छ र स्वघोषित श्रेष्ठ छ । पठितहरूका गुरु, नाइके, नेता, सल्लाहकार अपठित छन् । त्यो मानव सभ्य थियो, यो मानव असभ्य छ भन्दै मानव र मानवभित्रको दानवीय चरित्र देखाइएको छ ।
२३.देवता,कुब्जा सुन्दरी र बूढो खनियाको रूख: शीर्षकको प्रतीकात्मक निबन्धमा देवतासँग डर मान्नुपर्छ र त अनुशासन हुन्छ । कुब्जा सुन्दरी, प्राकृतिक सुन्दरीहरू माथिनै भगवानको अनुकम्पा हुन्छ । बूढो खनियाको रूखमा सह थियोे । ढालेपछि सह गयो  । सबकुरा गयो ।
२४. बुद्धिमानलाई पनि अर्तीको खाँचो छ: हरेक व्यक्ति पीडित छ । विज्ञ आफै अनभिज्ञ छ । शिक्षित र संभ्रन्त व्यक्तिले पनि अरूको सल्लाह लिनै पर्दछ। इज्जतका खातिर धेरै प्रश्नहरू अनुत्तरित छन् । जानेकाहरू मौन छन् । उत्तर दिनेहरू चुप छन् र त समाज डिप्रेसनउन्मुख भएको छ ।
२५.आँपको बगैंचामा जीवन दर्शन: प्रश्नगरिएको छ – दुख के हो ? सुख खोज्न जाँदा चढ्ने भर्याङ दुःख हो । फेरि अर्को प्रश्न छ – सुख के हो ? सुख कहिल्यै नभरिने एक पिँध नभएको लोटा हो । उहिले र अहिलेको संसार असल र खराब दुवैको संगम हो । बाँकी जीवन दर्शन बुझ्नको लागि निबन्ध भित्र घोत्लिनुहोस् ।
२६.फेटेर दिनुस्: अमेरिकी स्वतन्त्रता संग्रामको शुरूवात चिया फालेर भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदय चिया उमालेर भयो । मलाई चिनी – पिसाब गर्ने रोग चिया सुन्दरीको पसलमा चिया धेरै पिएर भयो । अरू के के भयो त ? थाहा पाउनको लागि चियासँगै निबन्ध फेटेर पिउनुस् ।
२७.सानी काफ्लीबाट जीवनलाई नियाल्दा: पाल्पा राज्य पुरानाकोटको सम्झना गरिएको छ । काफल बोटको वरिपरि जीवन र जिन्दगी घुमेको छ । दलित ‘शोभे’ पण्डित भन्दा पनि उदाहरणीय पात्र बनेको छ । अनि निबन्ध भित्र सिसिफसको कथा पनि जोडिएको छ ।
२८. अतित रआत्मबोध: हामी सबै अतितका कैदी हौं । पौराणिक पात्र, ऐतिहासिक पात्र र आधुनिक पात्रहरूले नै हामीलाई लेखक साहित्यकार बन्न मार्ग प्रशस्त गरिदिएका छन् । अतीत भविष्यप्रति सावधानी सहित जिम्मेवारी बोध गराउने एक सिलसिला हो । अतित वेद हो । गीता हो । कर्म हो र सत्य हो । यही नै आत्मबोध हो ।
२९. मेरा: सुख पनि मेरा आफ्नैले दिन्छन् । दुःख पनि मेरा आफ्नैले दिन्छन् । मेरालाई सबै कुरा भन । मेरालाई गरुोप्य कुरा केही पनि नभन । मेराबाट सबैभन्दा पीडित श्रीकृष्ण नै भए र त श्रीकृष्णले सबै मेराहरूलाई बध गर्नुभयो । को रहेछन् त तपाईं हाम्रा मेरा ? बाँकी सबै निबन्धबाट ।

३०.अचेल खस्यौली अबेरसम्म सुत्छ: देवाधिदेव महादेवले कैलासको आनन्दभूमिमा बस्न छाडेर संसार विचरण गर्दै हिडेझैं लेखक पनि जन्मभूमि, कर्मभूमि खस्यौली छाडेर हिड्नु भएको हो । तपाईं हामीहरू पनि इच्छाप्राप्तिका लागि भूस्वर्गभूमि घर आँगन छाडेर हिडछौं । अचेल खस्यौली लगायतका नेपाली गाउँहरूमा महिला सशक्तीकरण र स्वतन्त्रता छ । पूर्वेली सभ्यतालाई उन्मूलन गर्नका लागि पश्चिमी सभ्यताहरू भित्रदै छन् । कृष्णप्रसाद लाकौल ( १९५६/१९५७) ले ‘तीर्थयात्राको डायरी’ लेखेसँगै पाल्पामा निबन्ध साहित्यको विकास भएको हो । शास्त्रकवि माधव प्रसाद देवकोटाको वि.सं. १९८६ मा गोरखापत्रको वर्ष २९ अंक १३ मा ‘मातृभाषा’ शीर्षकको निबन्ध प्रकाशित भएसँगै निबन्धहरू लेखिदै र प्रकाशित हुँदै गएता पनि गोपीकृष्ण शर्माको ‘नेपाली निबन्ध परिचय’( २०४०) पहिलो प्रकाशित कृति हो । पाल्पाबाट निबन्ध विधामा कृतिहरू प्रकाशित भएको जम्मा चार दशक बितेको छ । यी बिचका निबन्धहरू अधिकांस नियात्रा, संस्मरण,जीवनी र इतिहास एवं पौराणिक बर्णनात्मक रहेका थिए भने भागवत खनालद्वारा लिखित प्रस्तुत निबन्ध स·्रह’ आत्मबोध’ नेपाली निबन्ध विधामा नवीनतम् प्रयोग शैलीको रहेको छ । किनकि निबन्धमा सम्बादहरू हुँदैनथे, आत्मबरुोधभित्र त सम्वादहरूको समेत मिठो संयोजन रहेको छ ।

प्रत्येक निबन्धलाई आदर्शवाद, मानवतावाद, अस्तित्ववाद, प्रकृतिवाद, प्रयोजनवाद, यथार्थवाद आदिको आधारमा पनि चर्चा परिचर्चा गर्न सकिन्छ । यसलाई फेरि गरूँला या त अन्य समीक्षकहरूले पनि गर्नु हुनेछ । समग्रमा भन्नुपर्दा कृति पठनीय, महनीय, मननीय, उदाहरणीय, संग्रहणीय र अनुन्धाननीय रहेको छ । निबन्धभित्र शीर्षकमा सार्थकता, विषयवस्तुमा बस्तुपरक गहनता, प्रस्तुतिमा दक्षता विज्ञता सहितको बौद्धिकता, निबन्धका पात्र चरित्रमा विविधता, परिवेशमा व्यापकता, भाषासंप्रेषणमा तार्किकता सहितको सरलता, स्वाध्ययनमा रस्वादन सहितको सहजता, उठानमा सशक्तता, अनुच्छेदमा कौतुहलता, शब्द वाक्य विन्यासमा कलाकारिता, समापनमा गन्तव्यता, भाषामा स्थानीयता, शैलीमा मौलिकता, उदाहरणमा हार्दिकता र सत्यता, चिन्तनमा आध्यात्मिकता,विचारमा दार्शनिकता, सामाजिकीकरणमा यथार्थता रहेका छन् । यसर्थ फ्रान्सेली विद्वान मोन्टेन र वेलायती विद्वान वेकनले दिएको परिभाषासँग ठ्याक्कै मेल खान जान्छ आत्मबोध । उनीहरूले भनेका छन्,“ एउटा असल निबन्धमा वस्तुपरकता, तार्किकता, बौद्धिकता, हार्दिकता र सत्यता हुनुपर्दछ ।” राष्ट्रसेवक कर्मचारीको रूपमा रही मुलुक र जनताको सेवामा समर्पित व्यक्तित्व भागवत खनाल निवृत्त जीवनसंगै साहित्यको जनसंख्यामा पदार्पण गरेका छन् । “बाबा मेरो पिआर आयो” कथा संग्रह प्रकाशित गरी नेपाली वाङ्मयको फाँटमा अवतरण भएका भागवत खनाल निबन्ध संग्रह “आत्मबोध” संगै सिद्धहस्त लेखक साहित्यकारको रूपमा स्थापित भएका छन् । बौद्धिक पाठकको माग गर्ने आत्मबोध शोध , खोज, सोंच र ओजपूर्ण निबन्ध कृतिको रूपमा रहने छ । भूतकालको विश्लेषण , वर्तमानको व्याख्या र भविष्यको संभावनाहरूलाई संयोजन गरी लेखिएको भागवत खनालको ‘आत्मबोध’ ’भागवत पुराण’ जस्तै कालजयी बन्न सकोस् । शुभकामना !
(लेखक पाल्पाका स्थापित स्रष्टा/समीक्षक हुन् )

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update