Shittalpati
बगनासकालीले गर्‍यो सामाजिक सुरक्षा भत्ता निकासा

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता बापतको ३ करोड १९ लाख ९८ हजार ९ सय ४५ रुपैंया निकासा गरेको हो ।

गाउँपालिकाभित्र ३ हजार १ सय ८७ लाभग्राही रहेका छन् । उनीहरुको भत्ता बापतको रकम नेपाल बैंकमा रहेको खातामा जम्मा गरिदिएको सामाजिक सुरक्षा शाखाले जनाएको छ । पालिकाले १ हजार ९ सय ९५ जना जेष्ठ नागरिकको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपैंया, ज्येष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस लाभग्राहीको खातामा रकम जम्मा गरेको छ । यस्तैगरी २ सय ५५ जना ज्येष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपैंया जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ नब्बे रुपैंया र ख वर्ग अपा·ता अन्तर्गत १०७ जनाको लागि ६ लाख ७८ हजार २ सय ८६ रुपैंया नेपाल बैंकको लागभ्राहीको खातामा जम्मा भइसकेको छ ।

गाउँपालिकाभित्र रहेका १८६ दलित बालबालिकाले बालपोषण अन्तर्गत पाउने २ लाख ८६ हजार ८ सय ११ रुपैंया समेत गरी ३ करोड बढी रकम लाभग्राहीको खातामा जम्मा भएको हो । नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवाप्रदान गरिने उद्देश्यले वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् । गााउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमापुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायत अन्य शिविर नियमित सञ्चालन गरिएको जानकारी दिए । यसैबीच बगनासकाली गाउँपालिकाले बैंकसम्म पुग्न नसक्ने असक्त लाभग्राहीको लागि बैशाख ८ देखि १६ गते सम्म नेपाल बैंकसँगको सहकार्यमा वडामै पुगेर भत्ता वितरण गरिने एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिए । अशक्त असहायहरुको लागि पालिकाले सहजीकरण गर्दै आएको एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगालेले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update