Shittalpati
मानव अन्तरिक्ष विमान दिवस र यसको सार्थकता

नेपाल सहित विश्वभर आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । त्यो सुखद् क्षणलाई हरेकमाझ स्मरण गराउनका लागि हरेक वर्ष अप्रिल १२ मा यो दिवस मनाउने गरिन्छ ।

सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५ औं संस्करणले समेत हरेक वर्षको अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यो निर्णयलाई सबैले सकारात्मक रुपमा लिए र यो दिवस मनाउन थालियो । रुसले यस दिवसलाई ‘कसमेनोटिक्स डे’का रूपमा मनाउँदछ भने पूर्व सोभियत संघका कतिपय राज्य र ठाउँहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर पनि मनाउने चलन छ । जे भएपनि यो दिवसको मूल मर्म भनेको मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्नु नै हो । यस दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर समेत गरेको छ । अहिलेको युगमा मानिस अन्तरिक्षमा पुग्न सफल हुनुलाई यसको एउटा कडीको रुपमा लिइन्छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ । यसलाई अत्यन्त सकरात्मक रुपमा लिनुपर्छ । आजको प्रविधिलाई सही रुपमा प्रयोग गरी देश र जनताका लागि समर्पित हुन पनि आजको दिनले महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ आजको दिनमा मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूका बारेमा चर्चासँगै सम्भावना चुनौतीहरूका विषयमा समिक्षा र छलफल गर्न सकियो भने यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update