Shittalpati
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श

पाल्पा, निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।

पाल्पा साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले निबन्ध सबैका लागि प्रेरणादायी र उपयोगी रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. रामप्रसाद ज्ञवालीले भागवत खनालको कृतिमा जीवन बोध रहेको बताए । उनले उक्त कृति सबैका लागि उपयोगी र प्रेरणादायी समेत रहेको भन्दै एक पटक सबैले पढ्नै पर्ने उल्लेख गरे । निबन्ध सङ्ग्रहमाथि साहित्यकार डा. टंकप्रसाद पन्थ र समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले चर्चा परिचर्चा सहित समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली लेखक सङ्घका अध्यक्ष गोबिन्द खनाल,कालीगण्डकी करिडोर आयोजनाका प्रमुख कल्पना अधिकारी लगायतले निबन्ध सङ्ग्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

लेखक भागवत खनालले सहभागी सबैलाई धन्यवाद दिर्दै आगामी दिनमा सबैको साथ सहयोगले थप कृतिहरु प्रकाशित गर्दै जाने बताए । समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षता, सल्लाहकार चित्रवलीराम सुवालको स्वागत, सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update