Shittalpati
बगनासकालीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –१ रायडाँडास्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको छ । आज दिउँसो घोरबन्दादेखी बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो  । 

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्लाको तानसेन नगरपालिका –६ का ४१ वर्षीय पदमबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 
दुर्घटनामा चालक दर्लामी गम्भीर घाइते भएका थिए । घाइते उनको  तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  हो ।

दुर्घटनामा मोटरसाईकल पछाडी सवार उनका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाईते भएका छन् । उनको मिसन अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उकालोमा अचानक ब्याक भई पल्टिन जाँदा मोटरसाईकल दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update