
नेपालको राजनैतिक चरित्रमा अहिले आएर फेरी हलचल मच्चिएको छ । प्रधानमन्त्री केपीओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीचको मंगलवार भएको भेटवार्ताले केही हद सम्म सरकार फेरिने बजार हल्लाहरु कम भए पनि भित्र भित्रै खिचडी भने पाकी रहेको छ । जे होस देश गम्भीर संकटको विसम मोडमा उभिएको अवस्था छ अहिले । यो परिस्थितिलाई निकास दिन नसकेर माओवादी अध्यक्ष प्रचण्डले भने जस्तै भयो भने, लोकतन्त्र प्रतिको जनविश्वास झन भन्दा झन कमजोर हुने बाहेक केही पनि हुन सक्दैन् ।
लोकतन्त्र विरोधीशक्तिहरुको चहलपलह भएका बेला दुई तिहाईको वहुमत प्राप्त सरकार नै अलमलमा परेर फेरी नयाँ गठवन्धनबाट अर्को सरकारको परिकल्पना गर्न थालिनु आफैमा यो पटक राम्रो परिणाम दिदैँन् । सरकार फेर्ने भन्दा पनि, अब कार्यशैली फेर्ने काम गर्नुको विकल्प छैन् । अहिले नै सरकार फेर्ने सोंचमा लागियो भने, देशले निकास भन्दा पनि लोकतन्त्र माथि वज्रपातको सुरुवात गर्ने तयारीमा रहेकालाई बल मिल्ने बाहेक केही पनि हुन सक्दैन् । त्यस कारण देशलाई मजवूत बनाएर लग्न वर्तमान सरकार फेर्ने भन्दा, कार्यशैलीमा जनपक्षीय अवधारणा बनाएर अगाडी बढ्नुको विकल्प छैन । शिक्षक आन्दोलन, डाक्टर आन्दोलन,आर्थिक मन्दी, वढ्दो महंगी, लोकतन्त्र प्रतिको आस्थामाथि प्रहार गर्ने शक्तिको सलबलाहट जस्ता नकारात्मक क्रियाकलापलाई रोकेर अनियमितता गर्नेलाई कडा कार्यवाही गर्ने तर्फ लाग्नु पर्छ ।
मुलुकमा अहिले जनताका इच्छा र आंकाक्षाहरु पुरा गर्न नसकिने खालका छैनन् । सरकारले आफ्नो कामलाई नयाँढंगबाट अगाडी बढाउँने तर्फ ध्यान दिएन भने सरकार र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आउँन सक्छ भन्ने कुरा मुलुकका सबै राजनैतिक दलले बुझ्नै पर्ने हुन्छ । सरकार फेरिदैमा अवस्था फेरिन्छ भन्ने छैन्, अवस्था फेर्नुपर्ने कुरा गर्ने बेलामा व्यवस्था नै फेर्छौ, भन्नेहरु गलत हुन । उनीहरुका कुराले काम गर्देनन्, झुठा कुरा गर्नेहरुका लागि सही र जनपक्षीय काम गरेर देखाउँने हो भने वर्तमान सरकारको विकल्प खोज्ने अवस्था रहदैन् भन्ने कुरा सबैमा चेतना हुन जरुरी छ ।