
सम्पदा हाम्रा पहिचान हुन् । कुनै पनि जाति, समाज, क्षेत्र वा मुलुकका सम्पदालाई पहिचानका रुपमा लिने गरिन्छ । सम्पादा अमूल्य, अतुल्य विगतको पहिचान दिने स्रोत हुन् । मानव सभ्यता र इतिहासका साक्षी हुन् । तर तिनै पहिचानका स्रोतहरु राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइरहेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् ।
अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । सरकारी तथा गैरसरकारीस्तरबाट सम्पदाहरुको संरक्षण र सुरक्षाप्रतिको जिम्मेवारीस्वरुप केही कार्यक्रमहरु भने नभएका होइनन् तर तिनले सार्थकता प्राप्त गर्न सकेका छैनन् । विश्व सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि नयाँ पुस्तालाई जानकार,सक्रिय र जिम्मेवार बनाउन हरेक बर्ष विश्वभर विश्व सम्पदा दिवस मनाइन्छ । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष अप्रिल १८ पर्ने यस दिवसमा विश्व सम्पदा सम्बन्धी विविध कार्यक्रमहरु गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाइने गरे पनि सम्पदा संरक्षणमा कसैको पनि ध्यान जान सकेको छैन । नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइसकेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् ।
अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले नेपालमा भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् । सडक विस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । यसर्थ हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्न सके मात्र विश्व सम्पदा दिवस मनाउनुको सार्थकता रहन सक्छ ।