बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –१ पिपरतुङमा भिरबाट लडेर एक पुुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय ६५ वर्षीय कृष्णबहादुर चिदी रहेका छन् ।
चिदी शुक्रबार सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिडेका थिए । उनी घर अवेरसम्म पनि नफर्केपछि आफन्तले खोजी दिन भन्दै प्रहरी चौकी बर्तुङ्गमा जानकारी गराएका थिए ।
चौकीबाट खटेको प्रहरी टोलीसहित स्थानीयहरुले खोजतलास गर्दै जाने क्रममा घरदेखि तीन सय मिटर पश्चिमतर्फ रहेको भिरबाट दुई सय मिटर तल फोक्सिहर खोलामा आज दिउँसो मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्