Shittalpati
तानसेनमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप कार्यक्रमको निरीक्षण

पाल्पा, तानसेनमा सञ्चालित दीगो तथा सम्मानित रोजगारी लागि सीप परियोजना (इन्स्योर) कार्यक्रमको निरीक्षण गरिएको छ । तानसेन नगरपालिकाको आयोजना र हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको सोमबार निरीक्षण गरिएको हो ।

परियोजनमार्फत सञ्चालित कार्यक्रमबाट कम्प्युटर , हार्डवेयर, नेटवर्किङ्ग सम्बन्धी १० महिने प्रशिक्षण लिएका युवाहरुको प्रयोगात्मक कार्यको नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, इन्स्योर प्रतिनिधिहरुले निरीक्षण गरेका हुन् ।

युवा स्वरोजगारका लागि  कम्प्युटर, हार्डवेयर र नेटविर्किङ्ग प्रशिक्षण प्रभावकारी बन्दै गएको नगर प्रमुुख सन्तोषलाल श्रेष्ठले बताए । उनले प्रशिक्षण लिएका युवाहरुले अहिले सक्रिय भएर काममा लागेको बताए । मेयर श्रेष्ठले भने‘ ९ जना महिला र ११ जना पुरुषले कम्प्युटर, हार्डवेयर, नेटवर्किङ्ग सम्बन्धी प्रशिक्षण लिएका हुन् । ति सबै जनाले अहिले उत्साहजन रुपमा काम गरिरहेका छन् ।’ परियोजनाले युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा प्रभावकारी काम गरेको नगर प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे । उनले सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औंल्याउँदै परियोजनाबाट युवा वर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज भएको बताए ।

दश महिने प्रशिक्षणपछि २० जना युवाहरुले प्रयोगात्मक प्रशिक्षणका लागि तानसेनका विभिन्न इन्ष्ट्रिच्युटहरुमा पढाइरहेका छन् ।तिनीहरुको नगरपालिकाबाट बेला बेलामा अनुगमन तथा निरीक्षण हुने गरेको छ ।

सोमबार नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेय, लेखाशाखा प्रमुख कोसलराज घिमिरे, शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेसहित इन्स्योरका प्रतिनिधिहरुको टोलीले प्रयोगात्मक कार्यको स्थलगत अवलोकन गरेका हुन् ।  

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update