Shittalpati
आन्दोलन संस्कृतिको विकास

पाल्पा, केही वर्ष अघिसम्म आन्दोलनको पर्याय नै बनेको थियो नेपाल बन्द । विभिन्न बहानामा ‘नेपाल बन्द’ गर्ने प्रवृत्ति व्यापक थियो । ठूला दलदेखि साना समूहसम्मले केही प¥यो कि नेपाल बन्द गरिहाल्थे । तर पछिल्लो समय नेपालै बन्द गर्ने आन्दोलन कम हुँदै गएका छन् ।

सरकारले जनहितमा काम गर्न नसकेको भन्दै आम जनतामा आक्रोश र निराशा बढ्दै गएका बेला केही दिन यता देशको राजधानी काठमाडौंका सडकमा कामै छाडेर शिक्षक, कर्मचारीहरू भने एकपछि अर्को गर्दै आन्दोलनमा उत्रिएका छन् । राज्यका विभिन्न निकायका कर्मचारीहरू पछिल्लो समय पेसागत सुरक्षाको मागसहित आन्दोलनमा उत्रिएका हुन् । सरकारको काम कारवाहीप्रति असन्तुष्टि राख्नेदेखि कानुन माग गर्नेसम्मका समूह सडकमा छन् । देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् । यस अघि भएका सहमति सम्बोधन हुने गरी यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकको छ । राहत, साबिक उच्च माध्यमिक, शिक्षण सिकाइ अनुदान, प्राविधिलगायत सबै अस्थायी शिक्षकको दरबन्दी कायम गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने र स्थायी हुन नसके ‘गोल्डेन Þयान्डसेक’ दिइनुपर्ने माग छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update