Shittalpati
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक

पाल्पा, भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा परी मृत्यु हुने नेपाली बुटवलका एक युवक भएको पुष्टि भएको छ । परिवारसहित शनिबार कश्मीर घुम्न गएका बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको खुलेको हो ।

मृतक सुदीपको शवलाई आज नेपाल ल्याइदै छ । आतंकवादी आक्रमणमा न्यौपानेसहित अन्य २७ जनाको समेत ज्यान गएको छ । मारिनेमध्ये र बिटन अधकेरी उधवानी कुमार संयुक्त अरब इमिरेट्सका नागरिक हुन् । अन्य मृतकहरू भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार आतंकवादीले पर्यटकरूको नाम सोधेपछि गोली प्रहार गरेका थिए । आक्रमणकारीहरू जम्मूको किश्तवाडबाट सीमा पार गरेर दक्षिण कश्मीरको कोकरनाग हुँदै बैसरन पुगेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update