Shittalpati
बन्द हुँदै एमसीसी परियोजना

पाल्पा, अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो ।

सरकारी दक्षता विभागका अनुसार चाँडै नै एमसीसीका कार्यक्रमहरूमा ठूलो कटौती हुने र यसको परिणामस्वरूप त्यहाँका कर्मचारी संख्या पनि धेरै कटौती हुने छ । संघीय खर्च घटाउने प्रयास अन्तर्गत यो कदम चालिएको सीएनएनले बताएको छ । एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिइएको थियो । डोजले एमसीसीमा नियन्त्रण गर्न शुरू गरेको एक सातापछिमात्र यो सूचना बाहिर आएको हो । यो अनुसार एमसीसीका कर्मचारीहरूलाई अबको दुई साताभित्रै बेतलबी बिदामा राखिने सम्भावना रहेको समेत समाचारमा बताइएको छ ।

सन् २००४ मा जर्ज डब्लु. बुश प्रशासनको समयमा एमसीसी स्थापना गरिएको थियो । यसलाई सहायता पारदर्शिता समूह ‘पब्लिस ह्वाट यु फाउन्ड’द्वारा संसारकै सबैभन्दा पारदर्शी द्विपक्षीय एजेन्सीको रूपमा मूल्याड्ढन गरिएको थियो । एमसीसीले हाल नेपालसहित २० ओटा न्यून आय भएका देशहरूमा ५.४ अर्ब डलरभन्दा बढी अनुदानहरू सञ्चालनमा ल्याएको छ । नेपालमा पनि सञ्चालित परियोजनाको भविष्यबारेमा खुलाइएको छैन । एमसीसीअन्तर्गत अमेरिकी सरकारले  नेपाललाई ५० करोड डलर (५५ अर्ब रुपैयाँ) अनुदान स्वरूप उपलब्ध गराउने भएको थियो । सम्झौतामा विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतसम्भार समेटिएको छ । काठमाडौंको उत्तरपूर्व अवस्थित लप्सीफेदीबाट काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेबाट हेटौंडासम्मको खण्ड, रातमाटेबाट दमौलीसम्मको खण्ड, दमौलीबाट बुटवलसम्मको खण्ड र बुटवलबाट भारतको सिमानासम्मको खण्डमा ४ सय केभी क्षमताका प्रसारण लाइन बनाइने भन्ने छ । रातमाटे, दमौली र बुटवलमा तीनवटा सबस्टेसन बन्नेछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update