Shittalpati
पाल्पाको तिनाउमा सडेको अवस्था बेवारिसे शव फेला 

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकामा  सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ ।  तिनाउ गाउँपालिका– ३ तिलोत्तमा सामुदायिक जङ्गलमा रहेको आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।

शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । चिन्न नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालयबाट खटिएको  प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ । 

 शरीरको सम्पूर्ण भाग सडि गली करङको भाग तथा हड्डी र कङ्काल मात्र रहेको अवस्था शव  फेला परेको थियो । ति पुरुषले हरियो, कालो र सेतोमा चेक भएको फुल बाहुले स्विटर लगाएको, भित्र पट्टी पहेलो रङ्गको स्विटर र कालोमा सेतो मसिनो धर्का भएको पाइन्ट, भित्र सेतोमा कालो बुट्टा भएको कट्टु समेत लगाएको देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update