-1745733106.jpg)
पाल्पा, जिल्लाको तानसेन नगरपालिका भित्रका महिला जनप्रतिनिधिहरुका लागि बजेट निर्माण सम्बन्धी प्रशिक्षण दिइएको छ । द एसिया फाउण्डेसनले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला जनप्रतिनिधीहरुलाई योजना संकलन, प्राथमिकरण र बार्षिक योजना निर्माणमा प्रशिक्षण दिएको हो ।
नगरका महिला कार्यपालिका सदस्य, वडा महिला सदस्य, दलित महिला सदस्यहरुले आगामी बर्षको बजेट निर्माणका विषयमा जानकारी लिएका छन् । नगरपालिकाले गत बर्षको बजेट सिलिङ्कको आधारमा टोल बस्ती, वडा वडा बाट योजना संकलन शुरु गरेको छ । योजना संकलनको पूर्व सन्ध्यामा नगरपालिका भित्रका महिला जनप्रतिनिधीहरुले योजना संकलन, योजनाहरुको प्राथमिकिरण, बार्षिक योजना निर्माण, मध्यकालीन खर्च योजना र आवधिक योजना तथा गुरु योजनाको विषयमा प्रशिक्षण लिएका हुन् । तानसेन नगरपालिकाको समन्वयमा, दलित महिला केन्द्र नेपालको प्राविधिक सहयोगमा द एसिया फाउण्डेसनले तानसेनका महिला जनप्रतिनिधीहरुलाई स्थानीय सरकार सञ्चालनका विषयमा क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकामा निर्वाचित महिलाहरुको मागमा आधारित रहेर, महिलाहरुको नेतृत्व विकास, योजना तर्जुमा, वडा महिला सदस्यहरुको काम कर्तव्य, अधिकार, भुमिका, दायित्व, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बारेमा अभिमुखीकरण गर्दै आएको द एसिया फाउण्डेसन स्थानीय सरसकार सवलीकरण कार्यक्रमका प्रदेश संयोजक चुरामणी पोखरेलले बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद आचार्यले जनप्रतिनिधीहरुको मागको आधारमा पालिकाले महिला, अपाङ्ग, सिमान्तकृत, समावेशीकरणलाई प्राथमिकतामा बजेट निर्माणको लागि प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा प्रशिक्षक सविता परियारले महिला जनप्रतिनिधीहरुलाई महिला, अपाङ्ग, सिमान्तकृत, समावेशीकरणलाई प्राथमिकतामा राखेर बजेट निर्माणका आधारहरुको बारेमा प्रशिक्षित गरेकी हुन् । हरेक योजना समावेशी, अपाङ्ग तथा महिलामैत्री भएमात्र विकास निर्माणमा समान सहभागिता तथा समान प्रतिनिधित्व हुने कार्यक्रममा जोड दियो । कार्यक्रममा प्रशिक्षक परियारले टोल बस्ती आउने योजना छनौट, आएका योजनाहरुको प्राथमिकरण, देखी गुरु योजनासम्मका चरणका प्रक्रिया, अवस्थाको बारेमा जानकारी गराएकी थिइन ।