Shittalpati
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे

गुल्मी, जिल्लाको मालिका गाउँपालिका – ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा आगालागी हुँदा एक दर्जन पशुचौपाया मरेका छन् । गोठमा पानी तताउने क्रममा आगलागी हुँदा  गोठमा रहेका दुई भैसी र १० बाख्रा मरेका हुन् ।

गोठ र बाख्राको खोरमा क्षति पुुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार आगलागीबाट १२ वटा पशुचौपाया जलेर मरेका छन् । अन्य ४ वटा बाख्रा भने आधा जलेका छन् । बिहान भैँसीलाई पानी तताउने क्रममा आगो सल्किएपछि खरले छाएको ढुङ्गामाटोले बनेको कच्ची गोठ र काठले बनेको बाख्राको खोर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update