नेपाल आमा जन्माउ सपुत (गजल)
मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी
नेपाल आमा, यो देश हाँक्ने, जन्माउ सपुत
उडेर छुन, आकाश ताक्ने, जन्माउ सपुत
बनेर गुणी, असल ज्ञानी, रक्षक देशको
जन्ताको दुःख, ढपक्क ढाक्ने, जन्माउ सपुत
अमर, भक्ती, बल र जङ्ग, पृथ्वी झैं मनको
दुष्कर्मी सारा, जेलमा जाक्ने, जन्माउ सपुत
गरेर फिर्ता, गुमेको जग्गा, स्वाभिमान् राख्ने त्यो
भीम झैं लडी, कैले नथाक्ने, जन्माउ सपुत
देशको भक्त, नेपाली रक्त, अग्रणी विश्वको
शान्ती र कान्ती, बन्धुत्व डाक्ने, जन्माउ सपुत
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्