गंगा बहादुर खत्री
कोरोना भाइरस (कोभिड–१९) का कारण आइरहेका विभिन्न टिका टिप्पणी, चिन्तन मननबाट देखापरेका परिस्थितिले सबै उमेर समूहका मानिसहरुमा विभिन्न खालका विचारहरु मन्थन भएका छन् । पत्रपत्रिका मुख्य पृष्ठ, रेडियो टेलिभिजनका मुख्य समाचारमा आउने कोरोना भाइरस संक्रमण र मृत्युका खबरले मानव जीवनमा असर पारिरहेको छ । जो मानवको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएका हुन्छन् । जस्को फलस्वरुप मानिसहरुले त्यस्ता खालका मनोवैज्ञानिक पिडाहरु विभिन्न व्यवहारहरुबाट प्रकट गर्ने गर्दछन् । वर्तमान अवस्थामा देखिएका हत्या, हिंसा जस्ता नकरात्मक गतिविधि कोरोना रोगका उपजहरु हुन । वैज्ञानिकहरुको भविष्यवाणीलाई आधार मान्य हो, भने समाजमा यस्ता गतिविधिहरुले अझै स्थान लिने छन् । आदिमकालमा पनि यस्ता खालका माहामारीहरुबाट हाम्रा पुर्खाहरु आक्रन्त थिए । जस्का कारण उनीहरु शिकार खेल्ने, भेला हुन वा बालबच्चा जन्माउने कुराहरुमा आवश्यक गतिविधिहरु सञ्चालन गर्न असमर्थ रहेको पाइन्छ । यस्ता खालका माहामारीहरुले मानव मनोभावनामा छिटै असर गर्ने गर्द छन् । यस्तो खालको परिवेशबाट सबै भन्दा छिटो वा छरितो रुपमा बालबालिकाहरुलाई प्रभाव पार्ने गर्दछ । बालबालिकाले पनि वर्तमान परिवेशका घटनाहरु र यसका असरहरुको बारेमा धेरै थोरै वुझिसकेका छन् । उनीहरु विद्यालयबाट टाढा भएको लामो समय भयो । साथीहरुबाट टाढा छन् । दैनिक गतिविधिहरु फरक तवरणका छन् । लामो समयदेखि सञ्चालमा रहेका दिनाचार्यहरु एकै रातमा परिवर्तन भएका छन् । जस्का कारण उनीहरु उल्लेखनीय नोक्सानीहरु भोगिरहेका छन् । उनीहरुमा चिन्ता, तनाव र अनिश्चितता जस्ता विषयहरुले प्रभुत्व जमाएका छन् । घरको परिवेश भन्दा बाहिरको परिवेशसँग उनीहरु घुलमिल भएका छैनन् । त्यसैले उनीहरुमा एक प्रकारको नकरात्मक हर्मनको उत्पादनभएको हुन सक्छ । जसले उनीहरुमा भय, त्रास, आशंकाहरु सिर्जना भएका हुन सक्छन् । पारिवारिक द्वन्द्व र बाल व्यवहारहरुमा समस्यहरु थपिएका छन् । त्यसैले उनीहरुमा यो समयमा पहिले भन्दा बढी अभिभावकहरुको माया र साथको आवश्यकता हुन्छ । त्यसैले बालबालिकासँग नजिकिनु, उनीहरुका गतिविधिहरुको अवलोकन गर्नु, उनीहरुले देखाएका खराव र असल व्यवहारहरुको अध्ययनसँगै आवश्यक सकरात्मक व्यवहारहरु अपनाउनु पर्दछ । बालबालिकाहरुले आफ्ना भावना, चिन्तन र मन्थनहरु व्यक्त गर्न सक्दैनन् । उत्पन्न समस्यहरुको समाधानका लागि उनीहरुको क्षमता कम विकसित भएको हुन्छ । यसै सन्दर्भमा बाल अध्ययनकर्ता मनोवैज्ञानिक साइक जैकलिन स्मिथ भन्छन् यस्तो अवस्थामा बालबालिबकाहरुले उनीहरुको तनाव विघटनकारी व्यवहार, अनुपालन र झगडाको माध्यमबाट अभिव्यक्त गर्ने गर्दछन् । यस्तो अवस्थामा परिवारिक तनावहरु कम गर्नु पर्दछ । बालबाललिको विघटनकारी व्यवहारको समाधानका लागि अभिभावकहरुले केहि रणनीतिहरु उपनाउनु पर्ने हुन्छ । जुन रणनीतिहरुको बारेमा यहाँ चर्चा परिर्चा गर्ने प्रयास गरिएको छ ।
यस बखत विश्व परिवेशमा बालमनोविज्ञान सम्बन्धी विभिन्न प्रकृतिका अध्ययनहरुसँगै बाल मनोविज्ञानको उपचारात्मक अनुसन्धाहरु भएका छन् । यो चुनौतिपूर्ण अवस्थामा तपाईका बालबालिकाहरुले देखाएका विघटनकारी व्यवहारहरुलाई सम्बोधन गर्नु भनेको द्वन्द्वको मात्र समाधान गर्नु होइन चुनौतिको सम्भावनाहरुलाई कम गर्नका लागि सक्रिय रणनीतिहरुको तय पनि हो । रणनीतिहरुले नकरात्मक व्यवहारहरुको निराकरणसँगै बालकको व्यहारमा सकरात्मक भावनाहरुको निर्माण समेत गर्न सक्दछन् । ति रणनीतीहरु निम्न रहेका छन् ।
१.बालबालिका आधारभूत दिनचार्य हरुको ख्याल गर्नुहोस्ः बालबालिकाका आधारभूत दिनचार्यहरु पहिलेको भन्दा बढी नै महत्वपूर्ण छन् । यो समयमा बालबालिकाहरु समयमा सुते वा सुतेनन् । निद्रा राम्रो छ वा छैन् । खाना राम्रोसँग खान्छन् वा खादैन् । खल खेल्ने तरिका सहज छ वा छैन् । जस्ता विषयको अवलोकनको साथै निद्रा, खाना र खेलको तालिका बनाइ दिनुहोस् । हात धुने, व्यक्तिगत सरसफाई जस्ता विषयमा उनीहरुको ख्याल गनुहोस् ।
२.बालबालिकासँगै समय कटाउनु होस्: एक असल अभिभावकको रुपमा बालबालिकाहरुसँग समय व्यथित गर्नुहोस् । जसले बालकसँग तपाईको सामिप्यता बढ्दछ । बालकलाई खेल र मनोरञ्जनका गतिविधिहरुमा सहभागी गराउनुहोस् । उनीहरु सँगसँगै खाना खानुहोस् । करेसाबारी, भान्सामा सँगसँगै काम गर्नुहोस् । यसले तपाई र बालबालिका बीच सकरात्मक सम्बन्ध कायम गर्न सहयोग गर्दछ । बालबालिकाले अन्य नकरात्मक विषयहरुको बारेमा सोच्ने समय हुँदैन । उनीहरुमा डर, त्रासको कमी हुने गर्दछ ।
३.सकरात्मक आचारणहरुमा जोड दिनुहोस्ः बालबालिकाहरुको लागि सकरात्मक आचारणको आवश्यक छ । उ दैनिक पत्रपत्रिका र विभिन्न मिडियामा आउने कोरोना समाचारहरुबाट त्रसित छ । उसमा नकरात्मकता बढेको हुन सक्दछ । जस्को नियन्त्रण सकरात्मक आचारणहरुबाट मात्रै सम्भव छ । बालकले भविष्यमा ति आचारणहरु दोहोर्याउने छ । जीवनलाई सार्थक बनाउने छ ।
४.शान्त र सक्रिय सहयोगी बन्नुहोस्: अभिभावकले कोरोना भाइरसका बारेमा शान्त र सक्रिय रुपमा बालबालिकाका अगाडि कुरा गर्नुहोस् । यसलाई भयको रुपमा व्याख्या विश्लेषण नगर्नुहोस् । जसले गर्दा बालकले आफुलाई स्वस्थ र तन्दुस्त राख्न सक्ने मनोभावनाको विकास गर्न सक्दछ । उनीहरुलाई बताउनुहोस् कुनै पनि समयमा केहि लक्षणहरुको महसुस हुन सक्छ जुन सामान्य चिसो वा फ्लुसँग मिल्दाजुल्दा हुन सक्छन् । अनावश्यक डराउनु पर्दैन । हामी हाम्रा बालबालिकाको बारेमा सचेत छौ र उनीहरुको स्वास्थ्यको बारेमा ख्याल राख्दछौँ भन्ने बारेमा उनीहरुलाई आस्वत बनाउनुहोस् । यदि उनीहरु कोरोनाको बारेमा चिन्तित छन् भने हामी अभिभावक सहयोगी हुन सक्छौँ ।
५.बालकलाई उसको भावना महशुस गर्न दिनुहोस्ः कोरोना भाइरसका कारण विद्यालयहरु बन्द भए पछि छोडिएका गतिविधिहरुसँग सामेल हुन नपाउँदा बालबालिकाहरु निराश छन् । उनीहरु दुखी छन् । उनीहरुका लागि यो एक नोक्सानी पनि हो । यी कुराहरुको महशुस अभिभावकहरुले गर्नुपर्ने जरुरी छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्ना दैनिक क्रियाकलापका बारेमा सोच्न वा मन्थन गर्न दिनु उपयुक्त हुन्छ । उनीहरु आफैले परिस्थितिको बारेमा महशुस गर्दै दिनचार्य चलाउने सहज र सरल प्रकृतिबाट सञ्चालन गर्ने आधारहरु निमार्ण गर्न सक्दछन् । जसले गर्दा उनीहरुको आत्मविश्वासमा बढवा हुन सक्छ ।
६.बालबालिकाहरु के सिक्दै, सुन्दै वा बुझ्दै छन् ख्याल गर्नुहोस्ः याद गर्नु होस् बालबालिकाहरु कोरोना रोगका बारेमा के सिक्दै, सुन्दै वा बुझ्दै छन् । बालबालिकाहरुमा विभिन्न समाचार, भिडियो वा तथ्यहरुबाट नकरात्मक असर पर्न सक्दछ । उनीहरुले नकरात्मक कदमहरु उठान गर्न सक्छन् । उनीहरुको सोच्ने, बुझ्ने शक्ति कम हुन्छ । र हल्लाका भरमा उनीहरुले नकरात्मक निणर्यहरु लिन सक्छन् । बालकलाई वर्तमान अवस्थाको बारेमा थाहा भएका विषय वस्तुहरुको बारेमा बुझेर उसलाई नयाँ कुराहरुको बारेमा जानकारी प्रदान गर्नुहोस् । जसले बालकलाई वास्तविक अवस्थाको बारेमा बुझाउन सहयोग पुग्दछ । बालकमा नकरात्मक विचारहरु कम हुने गर्दछन् । उनीहरुका केही प्रश्नहरु छन्, भने हचुवाको भरमा होइन बरु सँगसँगै खोजि गर्नुहोस् । हाल बालबालिकाहरुले कोरोना भाइरसको बारेमा धेरै र्दुव्यवहारहरु समाज वा घरमा पाउने गरेका छन् । उनीहरुलाई सकरात्मक व्यवहार अपनाउनको लागि प्रोत्साहित गर्नुपर्दछ ।
७.अभिभावकले आफ्नै व्यवहारको निगरानी गर्नुहोस्ः अभिभावकहरु पनि यति बेला कोरोना भाइरसको त्रासमा हुनुहुन्छ । उहाँहरुले पनि विभिन्न प्रकारका व्यवहारहरुको महशुस गरिरहनु भएको छ । कोरोना चिन्तन र मन्थनले सताएको हुन सक्छ । तर यसबाट विचलित भएर बालबालिकालाई आफ्ना भावनाहरु सुनाउनाले बालबालिकाको मनोविज्ञानमा थप विचलन आउन सक्छ र उनीहरुलाई भविष्यले सताउन सक्दछ । त्यस्ता भावनाहरु बालबालिकाले अत्यन्तै तीव्र रुपमा ग्रहण गर्ने गर्द छन् । सुरक्षा र सुरक्षाको भावना सिर्जना गर्न बाल बालिबकाहरुले आफ्ना अभिभावकहरु माथि भर पर्ने गर्दछन् । उनीहरु हामीमा विस्वस्त छन् । मानौ उनीहरु हाम्रो कारमा यात्रा गरिरहेका छन् । हामी ड्राइभर हो । त्यसैले हामी चिन्तामा छौँ । कोरोनाको भय र त्रासले हामीलाई गालेको छ भने पनि उनीहरुलाई सुरक्षित यात्रुको जस्तो व्यवहार गर्नु हाम्रो उत्तरदायित्व हो । भन्ने महशुस अभिभावकको हुनुपर्दछ । जसले गर्दा बालबालिको मनोवृत्ति उच्च राख्न सकिन्छ । कहिले काँही परिवारमा हुने पारिवारिक द्धन्दहरुलाई समेत निरुत्साहित गर्नुहोस् ।
माहामारीको संक्रमणकारी त्रासले बालकको मनोविज्ञानमा गहिरो निराशा निम्त्याउन सक्छ । नकरात्मक मान्यताहरुलाई बढवा दिन अग्रसर बनाउन सक्छ । बाल बालिकाका नैतिक आचरण र निणर्यहरु कठोर हुन सक्छन् । बाल बालिकामा नकरात्मक व्यवहारहरुले प्रभुत्व जमाउँन सक्छन् । यस्तो परिस्थितिमा हामी सचेत हुँदै माथि उल्लेखित विषयहरुमा विशेष ध्यान दिन सकेको अवस्थामा बालबालिकामा कोरोना रोगका कारण पर्ने मनोवैज्ञानिक असरहरुलाई केहि हद सम्म निराकरण गर्न सकिन्छ । बालमस्तिष्कलाई सुरक्षित गर्न सकिन्छ ।(लेखक पाल्पा प्यारागनका प्रिन्सीपल तथा प्याब्सन पाल्पाका कोषाध्यक्ष समेत हुन् ।)