Shittalpati
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो भर्चुअल कवि गोष्ठी

पाल्पा । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले इन्टरनेट भिडियो कन्फरेन्सिङ विधिबाट भर्चुअल कवि गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानले बन्दाबन्दीका बेला पनि नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा देश तथा विदेशबाट जोडिएका ४३ जना साहित्यकारहरुले देशकाल, परिस्थिती, माया, प्रेम, राजनीति, विचार दर्शन, व्यंग्य, सचेतना, सश्क्तिकरण सम्बन्धी कविता वाचन गरेका थिए ।

पाल्पाबाट पुष्कर अथक रेग्मी, चन्द्रकान्त न्यौपाने, छविलाल भूषाल, कमल खत्री, महेन्द्र पन्थी, कृष्णा भण्डारी, पुरुषोत्तम अर्याल, रामप्रसाद अर्याल, युवराज पौड्याल, फडिन्द्र ढुङ्गाना, आयाम कार्की, युवराज पन्त, राजेन्द्र गोपाल सिं, शुभेच्छा अर्याल, धातानन्द शर्मा, कपिल अचार्य, गोविन्द खनाल, शालिक पाण्डे, शुसिल बस्याल, काठमाडौंबाट विनोद नेपाल, सिता विष्ट कार्की, द्धारिका कुंइकेल, राधा कार्की, कमला देवकोटा, प्रेम राई प्रशिक्षित, थर्क थापा, चन्द्रा न्यौपाने, विनोद नेपाल, महोत्तरीबाट रामबाबु श्रेष्ठ, नेपालगञ्जबाट डिला शाह, छिरिङ, विक्रम शिशिर, विराटनगरबाट कविता केसरी, भैरहवाबाट गंगा अभिलाषी, गंगा लिगल, कोहलपुरबाट चन्द्रकला अधिकारी, संखुवासभाबाट सुन्दरी घिमिरे, स्वीजरल्याण्डबाट लक्ष्मण देवकोटा, गोरखाबाट सुशी ढकाल अधिकारी, कोहलपुरबाट महानन्द ढकाल लगायतका कविहरुले कविता वाचनमा गरेका थिए । प्रष्ठिानले सबै जनालाई प्रमुख अतिथि बनाएको थियो ।

गोष्ठीमा ५७ जनाको सहभागिता भए पनि ४३ जनाले मात्र कविता वाचन गरेका थिए । गोष्ठीमा सहभागी प्रेम राई परिक्षितले प्रष्ठिानले बन्दाबन्दीका बेलामा पनि इन्टरनेटको माध्यमबाट गोष्ठीको आयोजना गर्नु आफैमा प्रशसंनीय कार्य रहेको बताए । प्रष्ठिानका अध्यक्ष पुष्कर अथक रेग्मीले लामो समयदेखिको बन्दाबन्दीले गर्दा साहित्यिक गतिविधिहरु सञ्चालन गर्न नपाए पनि प्रविधिको प्रयोगबाट देशविदेशमा रहेका कविहरुलाई गोष्ठीमा सहभागी गराउन पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले गोष्ठीमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै देशको वर्तमान परिस्थितीलाई आत्मासाथ गर्दै नेपाली साहित्यको विकासमा लाग्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update