Shittalpati
सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

भुवन रायमाझी
पाल्पा, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले मृत्यु वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच मृतकको परिवारलाई बीमा वापतको ३१ लाख ४४ हजार रकम हस्तान्तरण गरेको हो । कम्पनीको तानसेन शाखामा बीमा गराएका तानसेन मदनपोखराका मृतक सुरेन्द्र पाण्डेयको परिवारलाई मृत्यु वापतको बीमा रकम हस्तान्तरण गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले मृतक पाण्डेयको श्रीमती देवकला न्यौपाने पाण्डेयलाई बीमाड्ढ र आन्तरिक बोनस वापत ३१ लाख ४४ हजार रकमको चेक हस्तान्तरण गरेका हुन् । बीमाको नियमानुसारको बीमाड्ढ र बोनस सहितको रकम हस्तान्तरण गरिएको पाल्पाका शाखा प्रवन्धक डिल बहादुर बुढाथोकीले बताए । उनले भने ‘बीमा गराउँदा आर्थिक सुरक्षा हुने गरेको छ ।’ जीवनलाई सुरक्षित र सुखी बनाउन आम्दानी अनुसार बीमा गर्न प्रवन्धक नेपालले सबैलाई आग्रह गरेका छन् ।

मृत्यु दावी रकम बुझ्दै मृतक पाण्डेयको श्रीमति देवकलाले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भावको प्रशंसा गरिन् । कम्पनीले उनकै घरमा पुगेर रकम दिएको हो । कार्यक्रममा कम्पनीका नेपाल प्रथम हुन सफल एजेन्सी म्यानेजर कमल घिमिरे, प्रदेश पाँचका प्रमुख बुद्ध सूर्यबंशी, कम्पनीका एजेन्सी म्यानेजर, अभिकर्ता, स्थानीय जनप्रतिनिधि समेतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update