सम्झना (कविता)
विशाल प्रशान्त पौडेल
शाखा प्रवन्धक, कृषि विकास बैंक लिमिटेड रामपुर, पाल्पा
समयको अद्दितिय स्वरुप
जब कल्पनामा आश्रित
अबिनासी स्वोप्नहरुमा
फिर्फिरे बन्दछ
तब दुई पाईला पछि परेको
बाल्यकालको याद आउँछ
जहाँ भेटिन्छन
यत्रतत्र छरिएका
निर्दोषताका प्रमाणपत्रहरु
सम्झदैःसुम्सुम्याउदै
अहो ! कति सुकुमार
परिचय बिनाको परिभाषा
प्रश्नचिन्हको प्रेमिल हेराई
जवाफको मीठो मुस्कान
कुनै पनि आविस्कारले
कैद गर्न नसकेका
यी स्वर्णिम सम्झनाहरु
रनभुलमा लम्किरहेका पाईलाहरु
आफ्नै पाईला मेट्दै थिए
न त गन्तव्य भेटियो
न त गोरेटो नै
कामवासनामा रुमलिएका तस्विरहरु
कहिले रामायणको
अन्तिम दृश्यमा देखिन्थ्ये
कहिले नारी ब्रतकथाका अध्यायहरुमा
मानौ कुनै पर्वको
रमझमबाट एक्कासी
झसङ्ग झस्किदै
अघि बाडिरहेका
यी दिशाहिन पाईलाहरु
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्