नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरूलाई युवाको परिभाषा भित्र समेटेर उनिहरूको प्राथमिकताको विषय समेत तोकेको छ । यस्तै विभिन्न देशहरूले भिन्न भिन्न उमेर समूहलाई युवा भनेर परिभाषित गरेका छन् । यो उमेर समूह नेपालको कूल जनसंख्याको ३५–४० प्रतिशत युवाको जनसंख्या १ करोड ७ लाख रहेको छ । युवा समग्र जीवनको यस्तो उमेर हो, जहाँ व्यक्तिमा साहस, सिर्जनाशिलता, नविन दृष्टिकोण सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । यि सबै गुण एउटै अवस्थामा देखापर्ने हुनाले मानव जीवनकै सर्वाधिक उर्जाशिल समयको रूपमा युवा अवस्थालाई लिइन्छ । तद् अनुरूप आम जनता राष्ट्रले आशा र भरोसा गर्ने उमेर पनि यहि हो । तर विडम्बना हाम्रा युवाहरूमा केवल उमेर देखियो, न युवापन देखियो न युवामन देखियो । राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहँदै आएका युवाहरूलाई राजनीतिक परिवर्तनपछि सधै भूमिका विहिन बनाईयो भन्ने ठूलो जनमत नेपाली समाजमा व्याप्त छ । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मुलधारको राजनीतिबाट बञ्चित गराउने, वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधै खाडी मुलुकमा पठाउने मनोवृत्ति पाको नेतृत्वमा देखियो भन्ने मत नभएको होइन । तर नेपाली जनताले २०६२÷६३ को जनआन्दोलन पछि राजतन्त्रको विदाई गरी नेपाल देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रवेश गराएसँगै हामीले निमार्ण गरेको स्थानीय, प्रदेश र संघीय सरकार गरी तिन तहको सरकारमा युवाको राम्रो प्रयोग भएको देखिन्छ । यसर्थ युवा अवस्था र आजको आवश्यकताका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
सबैभन्दा तल्लो तह वडाको कुरा गरौ वा माथिल्लो तह संघीय सरकारका थुप्रै अनुहारहरूले समालेका मन्त्रालयका कुरा । यि सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रÞयो । उमेरले ३०/३५ वर्षे युवाहरूले नेतृत्व गरेका वडाहरूको अवस्था र उमेरले ४५÷५० उमेर समूहको आस लाग्दो युवा नेताले चलाएको मन्त्रालयको अवस्था पनि नजिकैबाट हेर्ने अवसर मिल्यो । बडो दुःखका साथ भन्नुपर्छ, नेपालको ईतिहासमा सबैभन्दा ठूलो वाइडबडी काण्ड यिनै युवा नेतृत्वले समालेको मन्त्रालयमा भयो । त्यति मात्र होइन देशभरिका वडा, नगर र प्रदेश सरकारमा नेतृत्व गरेका युवाहरू देश र जनतालाई सेवा सुविधा होइन उल्टै जनभावना विरूद्ध आफै नेता, आफै ठेकेदार भएर जनताको पसिनाको अवमुल्यन गरी देश लुट्ने प्रतिस्पर्धा गरिरहेका छन् । पार्टीको जिल्लादेखि केन्द्रस्तरका नेता, कार्यकर्ताहरू सके आफै नसके सालासाली, भाई, भतिजा, मामा, माईजु, आफन्तको प्रयोग गरी, संस्थागत भ्रष्टाचारमा लिप्त छन् । कुनै पनि दलको जिल्ला, केन्द्रीय स्तरमा बसेका युवा नेताहरू जनताको सेवामा नजुटी राष्ट्र निमार्णको महान अभियानमा नलागि दुईचार हजार भ्रष्टाचार गर्न उपभोक्ता समितिमा जान मरिहत्ते गर्न लाज लाग्नुपर्ने हो । यो प्रवृति हेर्दा लाग्छ हाम्रा युवाहरूमा न नविन दृष्टिकोण देखिन्छ न सिर्जनशीलता देखिन्छ त केवल उपभोक्तावादी चिन्तन । यस्ता जन्मदै उपभोक्तावादी बोकेर देश लुट्ने सपना देखेका युवाहरूबाट राष्ट्रले के प्राप्त गर्न
सक्छ ?
देशको पहिलो पूँजी भनेको त्यस देशको सक्रिय जनशक्ति हो । एउटा देशको विकासको मात्रामा उक्त सक्रिय जनसंख्या (युवाहरू)को ठूलो भुमिका रहेको हुन्छ । हाम्रा युवाहरू देश भित्र आफुमा भएको सीप, दक्षता, क्षमता र योग्यताका आधारमा सिर्जनाशिल ढ·बाट महाअभियानमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणका लागि विदेशी सहायता पर्खेर बसिरहन पर्दैन । तर हामीहरूको राजनीतिक पार्टीहरूले युवा नेतृत्व छान्दा देश, जनताको लागि रगत बगाएका भन्दा ‘व्यक्ति गुलामी’ गरी अकुत सम्पत्ति कमाउन सक्ने र नेतृत्वको चाकडी गर्नेलाई नेतृत्वमा स्थापित गर्ने परिपाटी देखिन्छ । यस्तो युवा नेतृत्व राष्ट्रका लागि सुखद देखिदैन । नेतृत्वको सपना देख्ने युवाहरूले आफुमा नेतृत्वका लागि चाहिने गुणहरूको पनि विकास गर्नु जरूरी हुन्छ । युवा नेतृत्व अवसर, चुनारुैती दुवै हो तर हाम्रो नेतृत्व तहमा भएकाहरूले चुनौतीको पर्खाल भत्काउन तत्परता देखाउदैनन् केवल अवसरको पछि मात्र दौडिरहेको देखिन्छन् । हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा आफुले भोग्नुपरेका चुनौतीका थुप्रै कुरा ग¥यौ । तर आफुभित्रका सम्भावनालाई खोजी कहिल्यै गरेनौ । समय परिस्थिति फेरिएको छ तर नेपाली युवाहरू विभिन्न व्यवस्थाका नाममा रोमल्लीरहेका छन् । मिहिनेत गरेर देश निर्माणका लागि पसिना बगाउने युवा देशले खोजिरहेको छ, तर हाम्रा तरूणहरू फेरि पनि रगत बगाउने, चन्दा आतंक फैलाउने बाटोमा दौडिरहेका छन् । यस्ता कार्य देशको लागि आवश्यक छैन भन्ने कुराको पुष्टि १० बर्षे सशस्त्र द्वन्द्वकालले गरिसकेको छ । यो प्रवृत्तिले हामीलाई कहि पु¥याउँदैन । अब बदलिएको अवस्थालाई बुझेर देशलाई नविन विचार प्रदान गर्न सक्ने युवा जनशक्ति आवश्यक छ । युवा परिवार, समाज र राष्ट्र कै सामाजिक, आर्थिक एवंम् सांस्कृतिक रूपान्तरणका लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्न सक्ने सार्मथ्य भएको हुनुपर्छ । युवाहरू समाजका लागि उदाहरणीय र अनुकरणीय हुनुपर्छ । युवा नेतृत्वले बोल्ने भाषा अरूका लागि मार्गदर्शन गर्न लायक हुनुपर्छ । युवाहरूले २१औ शताब्दीमा वोल्ने वचन भोलिको दर्शन हुनुपर्छ । युवा नेतृत्वले देशका आम नागरिकहरूसँग गर्ने व्यवहार समाजका प्रत्येक सदस्यले अँगाल्न सक्ने हुनुपर्छ । हामी अहिले कस्तो समाजमा जीवन विताइरेका छौ ? हाम्रा अगाडिका चुनौतीका पर्खालहरू के–के हुन् ? यी पर्खालहरू भत्काउँदै सभ्य अनि सु–संस्कृत समाज निर्माणका लागि हामीले कुन–कुन क्षेत्रमा पहल गरिरहेका छौ । यी प्रश्नको उचित समाधान गर्न सक्ने तागत भएको युवा नेतृत्व आजको आवश्यकता हो । फलस्वरूप युवा नेतृत्वले एउटा कार्यक्रम भित्र जीवन खोज्ने होइन, नविन दृष्टिकोण भित्र आफ्नो र आफु बसेको समाजको जीवन खोज्न सिक्नुपर्छ ।
नेपालको विकासको आधारशिला भनेको कृषि, जलस्रोत र पर्यटनलाई लिइन्छ । अब हामीले यी क्षेत्रका अध्ययनका लागि सिक्ने र सिकाउने पाठशाला खोल्न ढिलो गर्नु हँुदैन । जलस्रोतको सम्भावना बोकेको हाम्रो मुलुकमा युवा जनशक्तिलाई विदेश पलायन हुन रोक्न हाइड्रोपावर विश्वविद्यालय र पर्यटन विश्वविद्यालय तत्काल खोल्नुपर्छ । नेपाली युवा विद्यार्थीहरू अनुसन्धानमा आधारित विश्वका विभिन्न देश गइराखेका छन्,जसले गर्दा नेपालको ठूलो पूँजी विदेश पलायन भएको छ । त्यसैले तत्काल यी विद्यार्थीहरूलाई हाम्रै विश्वविद्यालयमा फर्काउनका लागि हाम्रा अनुसन्धान केन्द्रहरूमा ठूलो सुधार गर्नुका साथै पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । हुनत कलेजका गेटहरूमा बसेर विद्यार्थीहरूका परिचय पत्र बनाई कमिशन खाएर जीवन निर्वाह गर्ने र युवा विद्यार्थीद्वारा नै राजनीतिलाई नै घृणित गराउने कार्य गर्ने युवाहरूको जमात पनि राजनीतिमा छन् तर यो प्रवृत्तिलाई निरूत्साहित गरेर क्षमतावान युवाहरूलाई अगाडि बढाउनु पनि हामी युवाहरूको दायित्व हो । आफैमा राजनीति गर्ने युवाहरू सबै खराब हुँदैनन्, सबैलाई एउटै तहमा तुलना गर्नु हुँदैन । तर युवाद्वारा राजनीतिमा शुद्विकरण गर्नु जरूरी छ । राजनीतिमा थुप्रै युवाहरू नविन दृष्टिकोणका साथ देश चलाउने सार्मथ्य पनि राख्दछन्। अतः क्षमतावान युवाहरूलाई वन्देज गरेर उपभोक्तावादी चिन्तन बोकेका, वैचारिक रूपमा स्खलित युवाहरूलाई राजनीतिमा राखिरहन्छौ, त्यसले व्यक्तिको जीवनशैली बदलिएला तर देशको परिस्थिति बदलिदैन । देश बनाउन त उमेर होइन दृढ इच्छाशक्ति भएको, नवीन दृष्टिकोण बोक्ने, विचारमा युवापन र युवामन भएको व्यक्ति नै चाहिन्छ । जुन नेपाल राष्ट्र र नेपाली मनले खोजी राखेको छ । यो राष्ट्रले खाजेको नेतृत्व हामी मध्येबाट नै हामी युवाहरूले विकल्प दिनसक्नुपर्छ ।
(लेखक राष्ट्रिय युवा स्वरोजगार अभियानका अभियान्ता समेत हुन् ।)