Shittalpati
अर्का देव बहादुर... !

इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् । हिजो दाहाललाई गाली गर्नेहरु यतिखेर पश्चातापमा परेका छन् । हो वर्तमान प्रधानमन्त्री ओली दाहालले भने जस्तै व्यक्ति हुन् । कोरोनाले यतिखेर विश्व नै हल्लाएको छ । मै हुँ भन्ने कति ठूला–ठूला शक्तिशाली राष्ट्रलाई पनि घुडा टेकाएको छ ।

साराको ध्यान सुक्ष्म भाइरसतर्फ गएको बेलामा हाम्रा देशका मुखियाहरुले भने बेसार पानी खाएर निको हुन्छ, जस्ता हावादारी कुरा गरेर सदनमा उडाए । हुन त यस्ता यस्ता अभिव्यक्ति डाक्टरबाट प्रमाणित हुन मात्र बाँकी छ । बिना प्रमाणपत्रको पागल भन्दा पनि ज्यादै धेरै फरक पर्दैन । बोल्दा धेरै विचार पुर्‍याउन पर्दछ यस्तो व्यक्तिले ? जिम्मेवारी व्यक्तिले नापेर तौलेर बोल्नु पर्दछ । कहिले चिनको भन्दा भारतको भनेर, कहिले नेपालीसँग प्रतिरोधात्मक शक्ति बढी छ । कहिले बेसार पानी, कहिले भष्ट्रचारीहरुले गोकुल बास्कोटा, यस्ता यस्ता कुरा गर्ने भनेर, गैरजिम्मेवारी अभिव्यक्ति दिनु हँुदैन । तर यहि विषयमा जिम्मेवारी विहिन, मगज बिग्रिएको व्यक्ति बोल्दा हुँदैन । ओली मुखियाका ढोके, हुक्के बैठकले मुलुकलाई टाट पल्टाउन लाग्यो स्वास्थ्य जस्तो संवेदनशिल वस्तु त्यसमाथि यस्तो महामारीका समयमा मुखियाका हनुमानहरुले र्‍याल काढ्नु भनेको कत्तिको मुर्खता हो । यसै माथि मुखियाको गर्जन ।

गत बिहीबार अर्घाखाँचीको शितगंगा गाउँपालिकाका देवबहादुरले आफ्नै गाउँको हरी माविमा बनाइएको क्वारेन्टाइनमा आत्महत्या गरे । उनले आत्महत्या गर्नुको मुख्य कारण गरीवी त्यसै माथि कोरोनाको संक्रमण र स्वास्थ्य परीक्षणको नतिजा आउन ढिलाई हुनु । देवबहादुरको कहाली लाग्दो अवस्था थियो । देवबहादुरको नाममा भष्ट्राचार गर्ने ओली मुखियाको जिम्मा जनताले नै झुण्डाउने भए । हुन त परापूर्वकालदेखि नै मुखिया भन्ने प्रचलन थियो । गाउँको टाठो बाठो र हुने खाने, छलकपट जान्ने जस्तो व्यक्तिलाई मुखियाको पदवी दिने चलन थियो । त्यसै कार्यलाई ओलीले निरन्तरता दिदै आए । अरुले दिनु भन्दा ओली आफै उच्च पद लिए । त्यही भएर ओली मुखियालाई भनियो । मुखिया कत्तिसम्म फटाहा रहेछन् यस्तो स्वास्थ्य क्षेत्र हेर्न त स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हो प्रचलित ऐन नियम कानुन अनुसार तर ओली मुखियाले त के सम्म गर्‍यो भने विगतका आफ्ना कित्ताको जिम्वाल ईश्वर पोखरेल–रक्षा मन्त्रीलाइ जिम्मा दिए । स्वास्थ्य तथा जनसख्या मन्त्रीलाई वाइपास ग¥यो । यसकारण थियो ओलीका जिम्वालहरु चिनबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा भष्ट्राचार गरेर गिनिज बुकमा नाम लेखाउने र विश्व किर्तिमान कायम गर्नु थियो । त्यसैले ओली मुखियालाई पनि कुल भष्ट्राचारको ६० प्रतिशत रकम आउने भएकाले यस्ता क्रियाकलाप भएका हुन् । मुखियालाई अलिकति पनि लाज, स्वाभिमान केहि पनि रहेन छ । यसैले होला सहकर्मी पाइलटले मगज बिग्रेको भनेको । हो त्यही सामान त्यहि कम्पनीबाट नेपाल सेनाले ल्याउँदा र जिम्वालका हनुमानहरुले ल्याउँदा कति अन्तर भयो । यस्तो संवेदनशिल घडीमा कमिसन खानेलाई गंगालाल धर्मभक्तलाई बनाउने पर्ने तर यहि हो विपक्षी दलको नेता नजोडिएको । कहाँ भयो भष्ट्राचार भन्ने होइन ? कहाँ भएन भष्ट्राचार भन्ने हो राजनीतिमा सुनौलो भविष्य बोकेका अर्का जिम्वाल थिए । योगेश भट्टराई तर भट्टराई पनि डुङ्ग–डुङ्ग गन्हाउन लागेपछि जनताको आशा, भरोशा प्रति तुषारापात भयो । यहि क्रममा एक जना विद्वान मित्रले केहि दिन अगाडि भनेका थिए नेकपाको अवसाहन केहि दिनमा हुदैँछ । यस्ता यस्तै कार्यका कारण नेकपा आर्यघाट उन्मूख होला जस्तो लाग्दछ । हजारै व्यक्ति संक्रमित भए मृत्युदर बढ्दो छ । स्वास्थ्य परीक्षणको नतिजा मृत्युवरण पछि आउछ । मुलुकमा चार तहको सरकार छ । भन्न त तीन तह भनिन्छ तर स्तम्भकारलाई चार तहको सरकार भए जस्तो भान भएको छ ।

त्यसमध्ये सबै भन्दा कान्छो सानो स्थानीय सरकारको मात्र जिम्मेवारी र दायित्व रहेछ । त्यस भन्दा माथिका समन्वय समिति, प्रदेश, संघीय सरकारको जिम्मेवारी नै देखिएन । लक्ष्मीका आङ र आषिमा निर्वाचित माननिय कहाँ छन् । जनता यस्तो विषम परिस्थितिमा छट्पटाउँदा सामाजिक सञ्जालमा उदाउने सारो गाह्रो बुझ्न नपर्ने ? यस्तो छ अवस्था खोलाको मुहान सफा भए खोलाबाट बग्ने पानी सफा बन्ने हो । मुहानै प्रदुषण भए के लाग्दछ । सबै स्थानीय सरकारको टाउकोमा हालिदिने अनि अर्को चुनावमा आएर भोट मात्र लिने प्रवृति कहिलेसम्म हो । आम जनतमा त्रासदी छ । संघीय सरकारको नेतृत्व गरेका ओली व्यक्तिचारी हुनु जिम्वाल कमाउ खाउ, लुट स्थानीय सरकार मात्र एककोहोरो रुपमा अविछिन्न तरवले लाग्नु जसलाई आशा र भरोसा ठानेर मत दिएको हो । त्यो व्यक्ति सामाजिक सञ्जालमा मात्र भेटिनु जनताका लागि त्यो भन्दा बढी विडम्वना के हुन सक्दछ । त्यसैको परीमाणको अर्घाखाँचीका क्वारेन्टाइनमा बसेका व्यक्तिले आत्महत्या गरे । समग्रमा अर्को देवबहादुरले यसरी आत्महत्या गर्न नपरोस् भन्नु हो । हुन त नयाँ मुलुक संहिता अनुरुप आत्महत्या गर्न प्र्रेरित गर्ने व्यक्तिलाई समेत अपराधिको रुपमा परिभाषित गरी कानुनी कठघरामा उभ्याउने उल्लेख गरिएको छ । यस प्रकरणमा मुखिया ओली या जिम्मालहरु, अधिकारी पोखरेल कुन व्यक्ति कानुनी कठघरामा उभ्याउने वा उभिने हो भन्ने कुरा हो । प्रयोगशाला प्रदेश तहमा मात्र होइन जिल्ला जिल्लामा स्थापना गर्न हाम्रो गाँस काटेर भात खाएका कुनै पनि भातेहरुले कहि भनेको देखिदैन, सुनिदैन उनीहरुलाई एमसिसी र नागरिकता भन्दा ठूलो केहि छैन । राज्यको इच्छा शक्ति भए सबै सम्भावना छ । हुन त लाज लाग्दछ भन्न पनि हाम्रो मतबाट विजयी माननीय स्वास्थ्य विषयसँग ज्ञान भएका छन् । उनले यस समयलाई अवसरका रुपमा लिन पनि सक्ने प्रशस्त सम्भावना थियो तर उनीहरु यस विषयमा मौन बसेका छन् । यहाँ भन्दा बढी लाज मान्ने ठाउ नै छैन । भन्न त भनिन्छ देउता अनुसारको पुजा भैरवस्थानमा बोका, काठमाडौंको पशुपतिनाथमा सुगुर र जाड चडाइन्छ । यही भएर हुन सक्दछ । सरकारले सामान्य रुपमा लिएको छ । देखियो काठमाडौंको वालुवाटार, अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको । हो युवा जमात सडकमा आउदा सरकारमा बसेका मुखिया, जिम्वालको कुर्सी आधिवेरीले नराम्रोसँग प्रभावित पार्दा पूर्व बन्न सक्ने प्रवल देखिन्छ । अर्घाखाँचीका देवबहादुर जस्तो अब कोही नहोस् सबैले यहि कामना गरौं तर घटना दाहोरिदा मुखिया जिम्वाललाई समेत युवा पंक्तिले देव बहादुर नबनाउलान् भन्न सकिदैन । त्यसले अब अर्को देवबहादुर नहोस् । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update