Shittalpati
कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो

पाल्पा । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । विहिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले म्याग्दीका ४९ दिने शिशुको कोरोनाकै कारण मृत्यु भएको जानकारी गराएका छन् । घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रिया अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतक शिशुको सम्पर्कमा रहेका आफन्तको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १४ हजार ५ १९ पुगेको छ । बिहीबार मात्र४ सय ७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको हो । पछिल्लो २४ घण्टामा १ सय ९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा सुनसरीका ३, मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५ , डोटीका ५८, कैलालीका १६५, कन्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, बर्दियाका १, भक्तपुरका २, धादिङका १, दोलखाका २, गोरखाका १, काठमाडौंका २८, काभ्रेपलाञ्चोकका २, मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १, अर्घाखाँचीका २, सुनसरीका २, नुवाकोटका १, रसुवाका १, सिन्धुपाल्चोकका ४, बागलुङका

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update