चरेससहित दुई जना पक्राउ
बुटवल । लागूऔषध चरेससहित रुपन्देहीमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका १४ तामनगरको हरियाली टोलबाट साढे २२ किलो चरेस सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका रतिमान दमाई रहेका छन् ।
प्रदेश पाँच प्रहरी कार्यालयको विशेष टोलीले सोमबार उनीहरुलाई धन बहादुर दमाईको खाली घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको उक्त परिणामको लागूऔषध बरामद गरेको हो । तस्करीका लागि लुकाएर राखिएको चरेस बरामद गरेसँगै तस्करीमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्