Shittalpati
पाल्पाली नारी स्रष्टाद्वारा लिखित ‘आँकुरा’ गजल संग्रह सार्वजनिक

पाल्पा । तानसेनमा ‘आँकुरा’ गजल संग्रह सार्वजनिक गरिएको छ । पाल्पाली नारी स्रष्टाद्वारा लिखित गजल संग्रह एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा आफ्नो पाँचौ साधारण सभाका अवसरमा उक्त संग्रहको सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्राध्यापक तथा सहित्यकार डा. शंकर गैरेले संग्रहको विमोचन गरेका हुन् । गजल संग्रहको विमोचन गर्दै साहित्यकार तथा प्राध्यापक गैरेले नारी स्रष्टाहरू मिलेर गजल संग्रह प्रकाशित गर्नु आफैमा एउटा उपलब्धि भएको बताए । नारीहरू मिलेर साहित्यिक कृति प्रकाशन गर्नुले साहित्य क्षेत्रमा पाल्पाली नारीहरूको योगदान कम छैन भन्ने सन्देश दिएको बताउदै उनले संस्थाले आगामी दिनमा थप निखारताका साथ नयाँ कृतिहरू प्रकाशन गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रगतिशील साहित्य संगठन पाल्पाका अध्यक्ष साहित्यकार रामप्रसाद अर्याल, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, बगनासकाली साहित्य परिषद्का अध्यक्ष भोजराज भट्टराई,धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौडेल,प्राध्यापक सौन्दर्यवती शाक्य, स्वास्थ्यकर्मी प्रवित्रा खनाल, पत्रकार प्रकाश खनाल लगायतले प्रकाशित संग्रह र पाल्पाली साहित्यको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिष्ठानकी उपाध्यक्ष तथा साहित्यकार बिजया पन्तले गजल संग्रहको समिक्षा गर्दै पाल्पाको साहित्य इतिहासमा आँकुरा गजल संग्रहले एक नयाँ इट्टा थप्ने विश्वास ब्यक्त गरिन् । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष लक्षिमा ज्ञवालीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका पदाधिकारी तथा सदस्य एवं गजलकारहरू भावना खनाल, शकुन्तला घिमिरे, मन गहिरे, कृष्णकला भण्डारी, सरिता रेग्मी, चन्द्रकला न्यौपाने, गुणवती केसीले कृति प्रकाशन बारे आ–आफ्नो भनाई राखेका थिए ।कार्यक्रम प्रतिष्ठानकी सदस्य ज्योति राजभण्डारीको सभापतित्व, सदस्य गौरी नेपालको स्वागत, सदस्य तुलसा नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update