रामचन्द्र रायमाझी
पाल्पा । प्रदेश पाँचका तीन जिल्लामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार रुपन्देही, गुल्मी र प्यूठानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ९ शंकरपुर चोक नजिकै सिद्वार्थ राजमार्ग सडक खण्डमा ट्रकमा ठोकिन जाँदा एक जनाको मृत्यु भएको प्रादेशीक प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ७८०६ नं.को ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २४ प ३२५४ नं.को मोटरसाइले ओभर ट्याक गर्ने क्रममा उक्त नं.को ट्रकमा ठोकिन जाँदा मोटरसाइकल पछाडी सवार सिद्वार्थनगरपालिका १ बेलहियाका २३ वर्षका संयोग सेर्पाको मृत्यु भएको हो । उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा ठोकिन जाँदा मोटरसाइकल चालक सोही स्थानका २० वर्षका मुकुल लामा घाईते भएका छन् । उनको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगा बस्ने बसन्त नेपालीको श्रीमती गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो । उनी घांस काट्न भनि घरबाट निस्किएको र अबेरसम्म पनि घर नफर्र्किए पछि आफ्न्ताले खोज्ने क्रममा घर नजिकैको सल्लेरी भिरमा मृत अवस्थामा फेला पारेका थिए । भिरबाट १ सय ६० मिटर तल लडेको अवस्थामा मृत भेटिएको प्रादेशिक प्रहरीले जनाएको ।
त्यस्तै प्यूठानमा एक जना पुरुष मृत भेटिएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका २ नोस स्थित रानीबन जंगलमा सोही स्थानका लिला बहादुर घर्तीको छोरा ३४ वर्षका रमेश घर्ती मृत अवस्थामा भेटिएका हुन् । उनलाई रूखको फेदमा मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।