Shittalpati
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन

रमेश विश्वकर्मा

गुल्मी । पण्डित विष्णुप्रसाद खनालद्वारा लिखित ‘अमृतपान’ नामक कृतिको विमोचन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासका पण्डित खनालद्वारा लिखित उक्त कृतिको विमोचन गरिएको हो । जिल्लाको सदरमुकाम तम्घासमा लामो समयदेखी सञ्चालनमा रहेको किरण पुस्ताकालयमा २०७ औँ भानुजयन्तीको अवसर पारेर बरिष्ठ साहित्यकार समेत रहेका किरण पुस्तकालयका उपाध्यक्ष शशी पन्थीले कृतिको विमोचन गरेका थिए । उक्त कृतिको विमोचन गर्दै साहित्यकार पन्थीले लेखक खनालले लामो समयदेखी किरण पुस्ताकालयमा योगदान दिएको बताएका थिए ।

विमोचन कार्यक्रममा साहित्यकार एवं समिक्षक दीन पन्थीले ‘अमृतपान’ कृतिको सन्दर्भमा प्रकाश पारेका थिए । पुस्तकालयद्वारा प्रकाशितमध्ये ‘अमृतपान’ १७ औँ ग्रन्थ भएको पन्थीले कार्यक्रममा जानकारी गराएका थिए । पुस्तकालयले आफ्नो स्थापना कालदेखि नै विभिन्न कवि जयन्ती मनाउने, कवि गोष्ठी सञ्चालन गर्ने लगायतका साहित्यक क्षेत्रमा उल्लेिखय कार्यहरु गर्दै आएको छ । उनले यस कृतिमा पूर्विय संस्कृतिमा आधारित ३४ वटा लेखहरु रचना गरेका छन् । यसअघि उनले ‘गीतातत्व प्रश्नोत्तर’ नामक कृति बजारमा ल्याएका थिए । लेखक खनालले लामो समयदेखी कृतिहरु लेख्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update