Shittalpati
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

पाल्पा । करिब ४५ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण सोमबार बेलुकी ५ देखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–३, पैठेडाँडामा गएको पहिरो हटाएपछि बुधबार दिउसो १ः३० बजे बाटो खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

पहिरोका कारण ४४ घण्टा ३० मिनटसम्म बाटो अवरुद्ध बनेको हो । सडक खुलाउन डोजर, स्काभेटर सहितका ४ वटा साधन प्रयोग भएपनि सडकमा खसेको ठूलो ढुंगा हटाउन समय लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा आएका र पाल्पाबाट बुटवल हिडेका हजारौँ सवारीसाधन बिचैमा अलपत्र परेका थिए । त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ८ डुम्रे पुल नजिकै खसेको पहिरोका कारण अवरुद्ध सडक पनि सुचारु भएको छ । अविरल वर्षका कारण मंगलबार साझाँ ७ ः५५ मा सडक माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले पूर्णरुपमा अवरुद्ध सडक बुधबार १२:३५ मा सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update