अवरुद्ध तानसेन–बुटवल सडक खुल्यो
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकैको सडक पहिरो हटाएसँगै सुचारु भएको छ ।
अविरल वर्षाका कारण आईतबार साँझा ८ः१५ मा खसेको पहिरोले अवरुद्ध बनेको सडक सोमबार विहान ११ः२० मा खुलेको हो । तीन दिनअघि गएको पहिरोले अबरुद्ध सडक आइतबार दिउँसो मात्र खोलिएको थियो । उक्त सडक पुन बेलुकी ८ बजे बन्द भएकोमा सोमबार विहान पुनः एकतर्फी खुलेको प्रहरीले जनाएको छ । पानी पर्ने क्रम रहेकाले पहिरो खस्न सक्ने भन्दै सुरक्षित रुपमा यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले यात्रुलाई आग्रह गरेको छ । सडक क्षणभरमै खुल्ने र बन्द हुने गर्दा पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा तथा तराईका जिल्लाहरुबाट यात्रा गर्नेहरु बाटोमै अलपत्र परेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्