Shittalpati
नेपालमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही समय अघि एक जनामा देखिएको भाइरस पुन अर्का एक व्यक्तिमा पनि देखिएको पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । चीनबाट नेपाल आइपुगेकी ४८ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ । हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update