जनक कार्की
केही नेपाली साहित्य र लेख रचनाहरूमा शिवलिङ्गलाई मजाक बनाएर प्रस्तुत गरिन्छ । त्यसरी लेख्दा शिव पुराण अध्यन गरेर कति जनाले लेखे होलान् ? वा मनगणन्ते मनोवाद लेखेर आफ्नो अल्पज्ञानको परिचय दिएका होलान् । ‘शिवको शिश्नमा ढोग्ने, दूध चढाउने र जल चढाउने पाखण्डी हुन् , लिंङ्गमा पूजा गर्ने पनि धर्म हुन्छ ?’, यसरी प्रश्नहरूको खोइरो खनिएकै छ्न् । के शिवलिङ्ग शिवको शिश्न हो त ? शिवपुराणमा शिवलिङ्गलाई के भनिएको छ । आउनोस् केही चर्चा गरौँ । शिवलिङ्ग भगवान शिवको आदि–अनादि स्वरुप हो । शून्य आकाश, अनन्त, ब्रÞमाण्ड र निराकार परमपुरुषको प्रतिक भएकाले लिङ्ग भनिएको हो । शिवलिङ्ग पिण्डको आकृती हाम्रो आत्माको ज्योती जस्तै हुन्छ । शिव शम्भु आदि र अनादिको देवता हुन् । यिनको कुनै स्वरूप र आकार छैन ।
शिव निराकार छ्न् । आदि र अन्त्य नभएकाले लिङ्गलाई शिवको निराकार रूप मानिन्छ । रूपमा उनलाई शंकर स्थापित गरेर पूजा गरिन्छ । शिवको अर्थ हो परम कल्याणकारी र लिङ्गको अर्थ हो सिर्जन । वेद अनुसार वेद र वेदान्तमा लिङ्ग शब्दलाई सूक्ष्म शरीर भनेर बुझिन्छ । सूक्ष्म शरीर १७ वटा तत्व मिलेर बनेको हुन्छ । मन, बुद्धि, ५ ज्ञानेन्दृय, ५ कर्मेन्दृय र ५ वायु । वायु पुराणको अनुसार प्रलयकालमा समस्त सृष्टि जे मा लिन हुन्छ र पुनः सृष्टिकालमा जसमा प्रकट हुन्छ, त्यसलाई नै लिङ्ग भनिन्छ । यसप्रकार विश्वको सम्पूर्ण ऊर्जा नै लिंगको प्रतिक हो । पौराणिक कथा अनुसार समुन्द्र मन्थनको समयमा देवता र दानवको युद्धबाट निक्लिएको विषको विकारबाट सृष्टिलाई बचाउनको लागि शिवले उक्त विष कण्ठमा ग्रहण गरे । उक्त विषले शिवको शरीरको डाह बढ्यो । त्यहीँ डाह शहनको लागि शिवलिङ्गमा जल चढाउने परम्परा प्रारम्भ भयो । स्कन्दपुराण अनुसार आकाश नै लिङ्ग हो । धरती आधार हो ।
सबै अनन्त शुन्यबाट सिर्जित छ । त्यसमा लय हुनुको कारण लिङ्ग भनिन्छ । विश्वको सम्पूर्ण उर्जा नै लिङ्गको प्रतिक हो । सम्पूर्ण सृष्टि बिन्दु नाद स्वरूप छ । बिन्दु एवं नाद अर्थात् शिवको संयुक्त रूप नै शिवलिमा अवस्थित छ । ब्रÞमाण्डको प्रतिक ज्योतिलिङ्ग हो । शिवलिङ्गको आकार प्रकार ब्रÞमाण्डमा घुमिरहन्छ । शिवलिङ्ग ब्रÞमाण्डमा घुमिरहेको पिण्डको प्रतिक हो । शिव शुत्र र शिव पुराण एउटा अनन्त ज्ञानको स्रोत हो । यसलाई धर्मसँग जोडेर हेरिनु नै लज्जास्पद कुरा हो । यस जगतका सात अरब मान्छेको यसमा हक र अधिकार छ । यसरी हिन्दु वा सनातन धर्ममा मात्र यसलाई खुम्चाएर राखिनुको प्रमुख दोष सम्पूर्ण कथित हिन्दु धर्म अभियन्तालाई जान्छ ।