Shittalpati
पाण्डेले गरिन् जन्मोत्सवमा  फरक क्षमता भएका विद्यार्थीलाई अक्षयकोष स्थापना

पाल्पा,/ पछिल्लो समय नेपाली समाजमा जन्मोत्सव, विवाह ब्रतवन्धनमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । नेपालीहरुले पश्चिमी संस्कृतीलाई अनुसरण गरेकै कारण नेपाली समाजमा दिन प्रतिदिन यस्ता कार्यमा फजुल खर्च गर्नेहरुको संख्या बढ्दै गएको हो । समाजमा जन्मोत्सव, विवाह, ब्रतवन्धन जस्ता कार्यमा भोजभतेर गरी फड्किलो समाज निर्माण गरी विकृती भित्र्याउन अग्रसर व्यक्ति र समाजलाई गतिलो उदाहरण दिन सफल भएकी छन् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका उत्कृष्ट एजेन्सी म्यानजर रिता पाण्डे ।

आफ्नो जन्म दिन तथा संस्था शुभारम्भको अवसरमा प्रमुख पाण्डेले तानसेन ९ दमकडामा रहेको दमकडा माविका फरक क्षमता भएका विद्यार्थीहरुको शैक्षिक विकासको लागि विद्यालयमा अक्षयकोष स्थापना गरिदिएकी छन् । स्वर्गीय भाई सुरेन्द्र पाण्डेको नाममा ११ हजार १ सय ११ रुपैयाँ रकमको अक्षयकोष सहयोग गरी आफ्नो जन्मोत्सव मनाएकी हुन् ।


जिल्लामा केक काटेर जन्मोत्सव मनाउने प्रचलन बढ्दै गएका बेला बीमा क्षेत्र सँगसगै सामाजिक कार्यमा सक्रिय रहदै आएकी पाण्डेले विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेर जन्मोत्सव मनाएकी छन् ।

कुनै पनि बालबालिका अपाङ्गता र दृष्टिविहिन भएकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् र समाजमा देखा परेका विकृतीहरुलाई निरुत्साहित गर्नका लागि आफुले नयाँ र रचनात्मक कामको थालनी गरेको पाण्डेले बताईन् । उनले विद्यालयका प्रअ मोहन प्रसाद सापकोटालाई उक्त रकमको चेक हस्तान्तरण गरेकी छन् । कार्यक्रममा कम्पनिका सिबिओ सुनिल पोखरेल, एबिएम दुर्गाराज ढकाल, पाल्पा शाखा प्रमुख बिजय कार्की,वडा सदस्य बिनिता लुइटेल लागाएतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update