Shittalpati
रजस्वला पाप मोचनका लागि ऋषि पञ्चमी मनाइदैं

पाल्पा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । रजस्वलाका समयमा छोइछिटो भएको भए आजको दिन अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुसार नारीहरुले ऋषि पञ्चमी पर्व मनाउन लागेका छन् । बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । यस वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले भीड भाड नगर्न भनि निर्देशन दिएको र स्थानीय प्रशासनले समेत निषेधाज्ञा जारी गरी अनावश्यक बाहिर ननिसक्न र भिडभाड नगर्न भनेकाले केही नारीहरुले भिडभाड नगरी घर नजिकैको पोखरीमा गएर पूजा गर्ने तयारी थालेका छन् । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रÞमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय बचन रहेको संस्कृतिका जानकार तथा पण्डित होमनाथ न्यौपाने बताउँछन् ।

स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिकोपूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको पण्डित न्यौपानेले बताए । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंबदन्ती पनि प्रचलित रहेको छ । प्राचिन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रÞम हत्याको पाप भोग्नुप¥यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रÞमालाई सुनाए । इन्द्रको ब्रÞम हत्या निवारणका लागि ब्रÞमाले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसै कारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको पण्डित न्यौपाने बताउँछन् । रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने संस्कृतिका जानकारहरु बताउँछन् । विशेष गरी पाल्पामा रिडी धाम वा पोखरीमा गई स्नान गरी नजिकैका शिवालय, नारायण, देवी, भगवती जस्ता मन्दिरहरुमा गई पुजा गर्ने गर्दछन् । विगतमा आजकै दिन गुल्मी र पाल्पाको संगमस्थल रिडीमा स्नान गर्नेहरुको भिड हुने गरे पनि यस वर्ष भने कोरोना महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकाले भिड नहुने देखिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update