Shittalpati
सिटिजन लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय तानसेनको प्रभासमा

पाल्पा / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तानसेनको प्रभासमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । ग्राकहरुको सेवालाई मध्यनजर गर्दै कम्पनीले प्रभासमा एजेन्सी कार्यालय विस्तार गरेको हो । कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उदघाटन गर्दै तानेसन नगरपालिकाकी उप प्रमुख लक्ष्मी पाठकले मानिसमा बीमाको विषयमा चेतनाको कमी हुँदा जीवन जोखिममा राख्नु परेको बताईन् । उनले सबैले आफ्नो क्षेत्रबाट बीमाको बारेमा चेतना जगाउनु पर्नेमा जोड दिइन ।

कार्यक्रममा मध्य पश्चिमाञ्चलका प्रमुख शुनिल पोखरेलले अझै पनि नेपालमा करिब २७ प्रतिशत मानिसरुले मात्र बीमा गरेको बताउदै बाँकी रहेका सबै मानिसहरु बीमामा जोडीनु पर्ने बताए । अन्य विकसित देशहरुमा मानिस जन्मने वितिकै अनिवार्य रुपमा बीमा गर्ने गरेको भन्दै उनले अब नेपालमा पनि यो नियम लागु गरेमा भविष्यमा आउन सक्ने जोखिबाट सुरक्षित हुन सहयोग गर्ने धारणा व्यक्त गरे ।

कम्पनीका क्षेत्रीय शाखा व्यवस्थापक दुर्गा ढकालले मानिसमा बीमा सम्बन्धी ज्ञान प्रदान गर्नका लागि पनि एजेन्सी कार्यालय विस्तार गरिएको बताए । वंशगोपाल युवा क्लवका अध्यक्ष प्रदिप खनाल,उद्यमशिल सिप विकासका प्रमुख विर विक्रम सुनार लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम पाल्पा शाखाका शाखा प्रमुख विजय कार्कीको अध्यक्षता ,कार्यालय प्रमुख रिता पाण्डको स्वागत, तथा कृष्ण पोखरेलको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update