पाल्पा । साहित्यकार शुभ श्रेष्ठको निधन भएको छ । सोमबार मृगौलाबाट पीडित श्रेष्ठको उपचारका क्रममा हिमाल हस्पिटल नक्साल काठमाडौंमा ७१ वर्षको उमेरमा निधन भएको हो । पाल्पा साहित्य समाजका संस्थापक सदस्य, वरिष्ठ कवि श्रेष्ठको तानसेन ३ शित्तलपाटीमा जन्म भए पनि उनी लामो समयदेखि काठमाडौंमा बस्दै आएकी थिइन् । श्रेष्ठले नेपाली साहित्य क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएकी छन् । उनको निधले पाल्पाको मात्र नभई सिंगो नेपाली साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले बताए ।
नेपाली साहित्यका विभिन्न विधामा क्रियाशिल रहदै आएकी श्रेष्ठको निधनको खवरले पाल्पा साहित्य समाज अत्यन्त दुखी भएको समाजका अध्यक्ष पुष्करराज रेग्मीले बताए । उनले भने‘ श्रेष्ठको निधले समाजमा अतुलनिय क्षति पुगेको छ ।’ पाल्पा साहित्य समाजको विकास र विस्तारमा उनले पुर्याएको योगदानको सधै समाजले स्मरण गरिने समाजले जनाएको छ ।