Shittalpati
आज थप ८ सय ५५ जनामा कोरोना संक्रमण

पाल्पा ।  पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३ सय २७ पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी आज ३ सय १३ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमण निको हुनेको संख्या जम्मा १९ हजार १ सय १९ पुगेको उनले बताए । देशभर हाल १४ हजार २ सय ५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६ सय ६९ एवम् संस्थागत आइसोलेशनमा आठ हजार ५ सय ८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४ सय ५३ जना रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update